काठमाडौँ जिल्ला अदालतले सेवा छरितो बनाउन दुई स्थानबाट इजलास सञ्चालन गर्ने
काठमाडौँ । सेवा प्रवाहलाई अझ छरितो, सहज र समयमै सम्पन्न गर्न काठमाडौँ जिल्ला अदालतले दुई स्थानबाट इजलास सञ्चालन गर्ने भएको छ ।
अदालतले शुक्रबार सूचना जारी गर्दै थुनछेक, म्याद थप, पक्राउ पुर्जी, धरौटी तथा विशेष प्रकृतिका निवेदनहरूको चाप बढ्दै गएको र एउटै भवनबाट मात्र सुनुवाइ गर्दा ढिलाइ हुने अवस्थालाई मध्यनजर गर्दै इजलासलाई दुई स्थानमा विभाजन गरेर सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।
सूचनाअनुसार अब अदालतका नियमित कार्यहरू साबिकको अदालत भवनसँगै बाहिरपट्टि रहेको त्रिपालसहितको छुट्टै व्यवस्थापन गरिएको स्थानबाट पनि सञ्चालन हुनेछन्।
यस व्यवस्थाले सेवाग्राहीको भीड घटाउने, मुद्दाको सुनुवाइ समयमै अघि बढाउने र कार्यसम्पादनमा समानता कायम गर्ने अपेक्षा गरिएको छ।
अदालत प्रशासनका अनुसार यो निर्णयले मुद्दा फर्छ्योटको गति बढाउनुका साथै सेवाग्राहीलाई अनावश्यक लामो समय कुर्नुपर्ने समस्यामा उल्लेख्य सुधार ल्याउनेछ।
नयाँ व्यवस्थाअनुसार विभिन्न प्रहरी परिसर तथा वृत्तसँग सम्बन्धित मुद्दाहरू तोकिएका छुट्टाछुट्टै इजलासबाट सञ्चालन गरिने व्यवस्था मिलाइएको छ।
अदालतले सबै सरोकारवाला निकाय तथा सेवाग्राहीलाई नयाँ कार्य विभाजनअनुसार सेवा लिन अनुरोधसमेत गरेको छ।
_Gwf7kM5A57.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण