श्रोत नखुलेको साढे ११ लाख हुण्डी रकमसहित एक जना पक्राउ
शुक्रबार, ०८ फागुन २०८२, २१ : ०७
काठमाडौँ । श्रोत नखुलेको ११ लाख ५१ हजार ३ सय बराबरको हुण्डी रकमसहित एक जना पक्राउ परेका छन् ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा मातहत समेतबाट खटिएका प्रहरी टोलीले महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ७ बस्ने ३४ वर्षिय गौतम साहलाई पक्राउ गरेको हो ।
उनलाई महोत्तरी जिल्ला अदालतबाट हुण्डी कारोबार मुद्दा शीर्षकमा सात दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक शैलेन्द्र कुमार भट्टले बताए ।
उनको साथबाट विभिन्न कम्पनीको स्क्रिनटच मोबाइल २ थान र किप्याड मोबाइल १ थान बैंङ्क भाउचर बरामद गरिएको उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण