बैतडीमा सवारी दुर्घटना, एक जनाको मृत्यु
शनिबार, ०९ फागुन २०८२, ०९ : ११
बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा गए राति स्थानीय बछलाबाट बचरातर्फ जाँदै गरेको सुप्रप ०४–०११ ज ००६९ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिप चालक शिवनाथ–२ का २६ वर्षीय केशवसिंह धामी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक धामीको उपचारको लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
जिपमा चालक मात्रै रहेको बुझिएको छ । दुर्घटनाग्रस्त जिप सडकबाट करिब २०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लव नेतृत्वको नेकपा (माओवादी)का नेता असल पार्टीबाट निष्कासित
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण