६५ लाख खर्चेर बागमतीका ६ ठाउँमा राखियो ट्रास बेरियर, कसरी गर्छ काम ? (तस्बिरहरू)
सारांश
- बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीमा तैरिने फोहोर सङ्कलनका लागि ट्रास बेरियर जडान गरेको छ।
- ६५ लाख खर्च गरी गोकर्ण, गुहेश्वरी, पशुपति, मनोहरा, युएन पार्क र बालकुमारीमा बेरियर जडान गरिएको हो।
- परीक्षणका रूपमा सुरु गरिएको यो प्रणालीले फोहोर सङ्कलन गर्न र आगामी बर्खामा यसको प्रभावकारिता हेर्ने योजना छ।
काठमाडौँ । सहरी विकास मन्त्रालय अन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहोर सङ्कलन गर्न ट्रास बेरियर जडान गरेको छ । ६५ लाख खर्च गरेर यस्ता बेरियर राखिएको हो ।
गत साउन २ गते सम्झौता गरेर ६ ठाउँमा यस्ता बेरियर राखिएको छ। गोकर्ण ब्यारेजभन्दा माथि, गुहेश्वरी नजिक, पशुपतिभन्दा तल तीलगंगामा, मनोहरा र बागमतीको दोभानमा, युएन पार्कमा र कर्मनाशा मिसिने ठाउँ बालकुमारीमा जडान गरिएको छ।
_QtTFUQ4wHs.jpg)
आयोजनाका उपनिर्देशक उद्धव नेपालका अनुसार ट्रास बेरियरले नदीमा तैरिने फोहोरहरु जस्तै प्लास्टिक, प्लास्टिकका बोत्तल, काठका टुक्राहरू, फोम लगायतका तैरिँदै बगेर आउने वस्तुलाई रोक्छ र एकै ठाउँबाट सङ्कलन गर्न सजिलो हुन्छ । परीक्षणको रूपमा यसलाई सुरु गरिएको हो ।
_sceVvSWOOr.jpg)
प्रारम्भिक रूपमा प्रभावकारी नै देखिएको उनले बताए । पानीको सतह घटबढ हुँदा बेरियर आफैँ तलमाथि हुन्छ । आगामी बर्खा सिजनमा यसले कसरी काम गर्छ त्यो हेरेर थप ठाउँ र नदीहरूमा राख्नेबारे तय गरिने नेपालले बताए । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_M9QFjoNOi2.jpg)
_mXfZ1VZG8L.jpg)
_l5hykSM3yO.jpg)
_XuZEr3EwXY.jpg)
_K5xkzCNFeB.jpg)
_0kSz4pXSDN.jpg)
_VXKaIuHW0u.jpg)
_pUAJPUhogw.jpg)
_HfWYP0MQ6h.jpg)
_NisG8QQJob.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण