क्लब फिफ्टीको अध्यक्षमा रोशन न्याछयौँ निर्विरोध चयन
काठमाडौँ । रचनात्मक क्रियाकलापमा सक्रिय ५० वर्ष उमेर कटेका व्यक्तित्वहरूको समूह 'गो क्लब फिफ्टी'को अध्यक्षमा रोशन कृष्ण न्याछयौँ निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार राजधानीको ठमेलस्थित होटल अलोफ्टमा सम्पन्न क्लबको १९औँ वार्षिक साधारण सभा तथा निर्वाचन प्रक्रियाबाट न्याछयौँको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
निर्वाचन आयुक्त दीपक कुमार मलहोत्राका अनुसार नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रदिप कुमार कार्की, उपाध्यक्षमा युवराज श्रेष्ठ, सचिवमा हवेन्द्र प्रसाद देव र कोषाध्यक्षमा पदम राज सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, कार्यसमिति सदस्यहरूमा शान्ति मोक्तान, सुवर्ण राज भण्डारी, डा. कविता अधिकारी, प्रमोद कुमार जयसवाल, बाबा खड्का सुवेदी र सृजना श्रेष्ठ चयन भएका छन् ।
साधारण सभाकै अवसरमा क्लबको १४औँ वार्षिक प्रकाशन 'अभियान' को समेत विमोचन गरिएको थियो ।
कार्यक्रममा नेपाल सरकारका सचिव घनश्याम रेग्मी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाललगायत क्लबमा आबद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो । सन् २००६ मा स्थापना भएको क्लब फिफ्टीको संस्थापक अध्यक्ष कुल प्रकाश मास्के हुन् भने त्यसपछि भूपेन्द्र कार्की, रमेश लुइँटेल, शारदाभक्त रञ्जित, उत्तम कुमार मास्के, दीपककुमार मल्हात्रा र दमन बस्नेत अध्यक्ष भएका थिए । अहिले डा अंगुर कार्कीले रोशन कुमार न्याछयौँलाई नेतृत्व हस्तान्तरण गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण