माघ मसान्तसम्ममा ८ अर्ब ६१ करोड रुपैयाँको अलैँची निर्यात
आइतबार, १० फागुन २०८२, १२ : १०
काठमाडौँ । सात महिनामा ८ अर्ब ६१ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२–८३ को माघ मसान्तसम्ममा ८ अर्ब ६१ करोड २० लाख ७ हजार रुपैयाँको ४१५३.१५ मेट्रिक टन अलैँची निर्यात भएको उल्लेख छ ।
अघिल्लो वर्षको यसै अवधिमा ८ अर्ब ३९ करोड ७६ लाख ९० हजार रुपैयाँको ३०२८.४९ मेट्रिक टन निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
विभागको तथ्यांक अनुसार अलैँचीको निर्यात मूल्य र परिमाण दुवै बढेको छ । चालु वर्ष निर्यात भएको अलैँचीको कुल मूल्य अघिल्लो वर्षको तुलनामा ३ अर्ब २१ करोड ४३ लाख १७ हजार रुपैयाँले बढी छ। त्यसैगरी, निर्यात परिमाण पनि ११२४.६६ मेट्रिक टनले वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण