सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे राशिफल

साेमबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

सोमबार, ११ फागुन २०८२, ०५ : १३
सोमबार, ११ फागुन २०८२

सारांश

  • आजको पञ्चाङ्गले वि.सं. २०८२ फाल्गुन ११ गतेको बार, तिथि, नक्षत्र, योग र करणबारे जानकारी दिन्छ।
  • काठमाडौँमा सूर्योदय र सूर्यास्तको समय तथा दिनमानको जानकारी दिइएको छ।
  • मेष देखि मीन राशिसम्मको राशिफल र शुभ-अशुभ बारबेला तथा राहुकालको जानकारी प्रदान गरिएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल फाल्गुन ११ गते । सोमबार । इस्वी सन् २०२६ फेब्रुअरी २३ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि–षष्ठी, ८ घडी ९ पला, बिहान ९ बजेर ५२ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–भरुणी, २६ घडी ५८ पला, बेलुकी ५ बजेर २४ मिनेट उप्रान्त कृतिका । योग–ब्रम्ह्, ११ घडी ५२ पला, बिहान ११ बजेर ५१ मिनेट उप्रान्त ऐन्द्र । करण–तैतिल, बिहान १० बजेर ५२ मिनेट उप्रान्त गर, बेलुकी ८ बजेर ४४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–चर योग । चन्द्रराशि–मेष, बेलुकी ११ बजेर ० मिनेट उप्रान्त वृष ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ३७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५९ मिनेट । दिनमान २८ घडी २७ पला ।

आजको बार बेला ।

  • बिहान ६ बजेर ३७ मिनेटसम्म अमृत बेला ।
  • बिहान ६ बजेर ३८ मिनेटदेखि बिहान ८ बजेर २ मिनेटसम्म काल बेला ।
  • बिहान ८ बजेर ३ मिनेटदेखि बिहान ९ बजेर २७ मिनेटसम्म शुभ बेला ।
  • बिहान ९ बजेर २८ मिनेटदेखि बिहान १० बजेर ५३ मिनेटसम्म रोग बेला ।
  • बिहान १० बजेर ५४ मिनेटदेखि बिहान १२ बजेर १८ मिनेटसम्म उद्वेग बेला ।
  • दिउँसो १२ बजेर १९ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म रोग बेला ।
  • दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर ९ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो ३ बजेर १० मिनेटदेखि बेलुकी ४ बजेर ३४  मिनेटसम्म अमृत बेला ।
  • बेलुकी ४ बजेर ३५ मिनेटदेखि बेलुकी ७ बजेर ३४ मिनेटसम्म चर बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ८ बजेर २ मिनेटदेखि बिहान ९ बजेर २७ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहुर्त

बिहान ५ बजेर १ मिनेटदेखि बिहान ५ बजेर ४९ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।

आजको राशिफल

  • मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी बढाई आगामी दिनमा थोरै भए पनि नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो दुरीको शैक्षिक तथा कर्म प्राप्तिको लागी यात्राको तय गर्न सकिनेछ । विदेशी सामानको व्यापारमा वृद्धि भएर जानेछ भने विदेशमा बसेर पेसा व्यवसाय तथा अध्ययन गर्नेहरूका लागी समयले साथ दिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिने तथा अध्ययनको लगावले आर्थिक तथा बौद्धिक क्षेत्र फराकिलो हुनेछ ।राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । तर पनि स्वास्थ्यमा समस्या आई कर्जा बढ्ने योग रहेको छ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कामका प्रस्तावहरू आउनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने साथीभाइ सँगको सम्बन्धमा विश्वासको वातावरण बन्नेछ । प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समाजमा नेतृत्वदायी भूमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरीमा बढुवा हुने योग रहेको छ । व्यापार तथा शेयर बजारमा लगानी गर्ने समय रहेको छ । कृषि तथा पशुपालन व्यवसायमा समय व्यातित हुनेछ । पढाइले लेखाइमा मन जानेछ भने अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी धन आर्जन गर्न सकिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममुखी काम गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । आत्मविश्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउन सकिनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनछ । व्यापार, शेयर बजार तथा उत्पादनमूखि क्षेत्रमा लगानी गरी आम्दानी गर्न सकिनेछ । नसोचेका तथा लामो समय देखि रोकिएर बसेका कामहरू सम्पादन गर्न सकिनेछ । आफन्त तथा घरपरिवारका मानिसबाट सहयोग प्राप्त हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) एकल तथा साझेदारी व्यापार व्यवसायबाट नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । राजनीतिज्ञ तथा समाजसेवीहरूका लागी समय उत्तम रहेको छ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना विवादहरू साम्य हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईँको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरू फक्रनेछन् भने पति पत्नीको सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ ।  ऋण, रोग तथा संकटको सामना गर्ने शक्ति जुटाउन सकिनेछ । व्यापार, शेयर बजार तथा उत्पादनमुखी व्यवसायबाट लाभ लिन सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । शेयर बजार तथा व्यापार व्यवसाय अरू दिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ । चिठ्ठा पर्ने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । आफन्त तथा छोराछोरीको प्रगतिमा मन प्रसन्न हुनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानी बढाउन सकिनेछ । घर जग्गाको कारोबारमा सुधार भई आम्दानीमा वृद्धि हुनेछ । आमा तथा अग्रजहरूको साथ सहयोगले राम्रा तथा उत्पादनमूलक कामहरू गर्न सकिनेछ । छोटो दुरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । काम वा अध्ययनबाट विश्राम लिँदै यात्रा तथा मनोरञ्जनमा समय व्यातित गर्न सकिनेछ ।  
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) उद्योग ,शेयर बजार तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिनेहरूका लागी समयले साथ दिनेछ भने चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाइ तथा छिमेकीको साथ पाइनेछ । लेखन तथा साहित्यमा रुचि बढ्नेछ । सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धन भावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार तथा शेयर बजारको लगानीबाट आम्दानीमा बढोत्तरी हुनेछ । आफ्ना भनाइहरू जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाइलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरूका लागी समय फलदायी रहनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप