किम जोङ उन फेरि वर्कर्स पार्टीको महासचिव चयन
सारांश
- उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन वर्कर्स पार्टी अफ कोरियाको महासचिवमा पुन: निर्वाचित भएका छन्।
- पार्टी महाधिवेशनमा केन्द्रीय सदस्यहरू चयन गरियो र केही पार्टी नियमहरू परिमार्जन गरियो, तर विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
- किमले आगामी पाँच वर्षका लागि नयाँ रणनीति र लक्ष्य प्रस्तुत गर्दै आर्थिक विकास र जनजीवन सुधारलाई तीव्रता दिने बताए।
प्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन पुनः सत्तारूढ वर्कर्स पार्टी अफ कोरियाका महासचिवमा निर्वाचित भएका छन् । यससँगै देशको एकमात्र शासकीय पार्टीमा उनको १५ वर्षदेखिको नेतृत्व निरन्तर कायम रहने भएको छ ।
सरकारी सञ्चार माध्यम केसीएनएका अनुसार आइतबार सम्पन्न पार्टी महाधिवेशनको चौथो दिन उक्त निर्वाचन भएको हो । हरेक पाँच वर्षमा हुने यस महाधिवेशनमा केन्द्रीय समितिका सदस्यहरू पनि चयन गरिएको तथा केही पार्टी नियमहरू परिमार्जन गरिएको जनाइएको छ । तर ती संशोधनबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
किमले सन् २०११ मा आफ्ना पिता किम जोङ इलको निधनपछि सत्ता सम्हालेका थिए । सन् २०१९ मा उत्तर कोरियाली संसद्ले संवैधानिक संशोधन गरी राज्यका सबै मामिलामा उनको शक्ति एकीकृत बनाएको थियो, जसले उनलाई औपचारिक रूपमा राष्ट्रप्रमुखको हैसियत दिएको थियो ।
यस वर्षको महाधिवेशनमा किमले पछिल्ला पाँच वर्षमा पार्टीले गरेका कामको समीक्षा गर्दै आगामी पाँच वर्षका लागि नयाँ रणनीति र लक्ष्य प्रस्तुत गरेका छन् । उद्घाटन सत्रमा विगत पाँच वर्षलाई उनले आफ्नो शैलीको समाजवादी अभियान कार्यान्वयनको गौरवपूर्ण अवधि भनेका थिए । तर यस अवधिमा अन्तर्राष्ट्रिय प्रतिबन्ध र विश्वव्यापी स्वास्थ्य संकटजस्ता चुनौतीहरू रहेको स्वीकार गरे । उनले आर्थिक विकास र जनजीवन सुधारलाई तीव्र बनाउन अझ सक्रिय संघर्ष आवश्यक रहेको बताएका छन् ।
महाधिवेशनमा विदेशमन्त्री चोए सोन हुईलगायत उच्च अधिकारीहरूले पनि मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण