मिथिला मध्यमा परिक्रमा कञ्चनवनमा, खेलियो होली
सारांश
- मिथिला मध्यमा परिक्रमामा सहभागीहरूले कञ्चनवनमा होली खेलेर पर्व मनाए।
- फागुन शुक्ल प्रतिपदाबाट सुरु भएको परिक्रमा सप्तमीमा कञ्चनवन पुग्ने गर्छ।
- कञ्चनवनको होलीमा मिथिलाञ्चलका मठ मन्दिरका व्यक्तिहरूको सहभागिता हुन्छ।
धनुषा । मिथिला मध्यमा परिक्रमामा सहभागीहरूले कञ्चनवनमा पुगेर होली खेलेका छन् । मिथिला विहारीको डोलासँगै कञ्चनवन पुगेका परिक्रमामा सहभागीहरूले एक अर्कालाई रङ अबिर दलेर होली पर्व मनाएका हुन् ।
परिक्रमामा सहभागीहरूले रङ अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन भएको मानिन्छ। परिक्रमा डोला कञ्चन वनमा पुगेपछि होली खेल्ने परम्परा रहेको संस्कृतिविद डाक्टर राजेन्द्र विमलले बताए । त्यहाँको होलीमा मिथिलाञ्चलका अधिकांश मठ मन्दिरका महन्थ, सामाजिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमा आबद्ध व्यक्तिहरूको सहभागिता हुने गरेको छ ।
फागुन शुक्ल प्रतिपदाबाट सुरु हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला विहारीको डोलासँगै ध्रुवकुण्डबाट कञ्चनवन पुग्ने गर्छ । कञ्चन वनको होलीको प्राचीनतालाई देखेर विगत एक दशकदेखि होली महोत्सवको आयोजना हुँदै आइरहेको छ ।
जनकपुरधामस्थित सुन्दर सदनका महन्थ नवलकिशोर शरणले कञ्चनवनमा हुनेजस्तो होली मिथिलाञ्चलमा कहीँ कतै नहुने बताए । जनकपुरधामको हनुमान नगरबाट डोलासहित हिँडेको परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड घुमेर कञ्चनवन पुगेको हो । परिक्रमाको टोली आज राति कञ्चनवनमा विश्राम गरी भोलि द्रुपकुण्डका लागि प्रस्थान गर्ने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
-
रास्वपा प्रथम महाधिवेशन : राेकिएकाे बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरण सुरु
-
हालान्डको दोस्रो गोल, सेनेगलविरुद्ध नर्वे ३–१ गोलले अगाडि
-
सेनेगलले फर्कायो एक गोल, नर्वे अग्रता कायमै
-
हालान्डको गोलसँगै नर्वेको अग्रता दोब्बर
-
१००औँ अन्तर्राष्ट्रिय खेलमा चम्किए एम्बाप्पे, फ्रान्स नकआउट चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण