अर्थ
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
मङ्गलबार, १२ फागुन २०८२, १० : ४५
सारांश
- आज नेपाली बजारमा सुनको मूल्य बढेको छ, सुन प्रति तोला रु १,३०० ले वृद्धि भएको छ।
- चाँदीको मूल्य भने आज घटेको छ, चाँदी प्रतितोला रु ५,५८५ मा कारोबार भइरहेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको आधारमा निर्धारण गर्छ।
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला रु ३ लाख १३ हजार ५ सयमा कारोबार भएको थियो । यस अनुसार आज सुनको मूल्य प्रतितोला रु १ हजार ३ सयले वृद्धि भएको हो ।
त्यस्तै, आज सुन प्रतिदश ग्राम रु २ लाख ६९ हजार ८ सय ९० निर्धारण गरिएको महासंघले जनाएको छ । हिजो प्रतिदश ग्राम रु २ लाख ६८ हजार ७ सय ७५ रहेको थियो ।
यता, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला रु ५ हजार ५ सय ८५ मा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला रु ५ हजार ५ सय ९५ रहेको थियो ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण