कांग्रेसका ठुला चुनावी सभा कहिले कहाँ ?
सारांश
- नेपाली कांग्रेसले सातै प्रदेशमा ठुला चुनावी सभा गर्ने तयारी गरिरहेको छ।
- कांग्रेसले फागुन ६ गते जनकपुरमा पहिलो चुनावी सभा गरी चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ।
- सुर्खेत, बाँके, रुपन्देही, र पोखरामा चुनावी सभाको मिति तय भएको छ, भने कोशी र सुदूरपश्चिमको मिति तय हुन बाँकी छ।
काठमाडौँ । नेपाली कांग्रेसले सातै प्रदेशमा ठुला चुनावी सभा गर्ने तयारी गरिरहेको छ । फागुन ६ गते जनकपुरको तिरहुतियामा पहिलो चुनावी सभा गरेर चुनावी प्रतिज्ञापत्रका ‘भिजन–१० सार्वजनिक गरेको कांग्रेसले बाँकी प्रदेशमा चुनावी सभाको तयारी गरेको हो ।
ती चुनावी सभामा सभापति गगन थापा तथा निर्वाचन परिचालन समितिका संयोजक रहेका उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाललगायतले सम्बोधन गर्ने छन् ।
उपसभापति भुसालका अनुसार ५ स्थानमा गर्ने ठुला चुनावी सभाको मिति निश्चित भएको छ । भुसालले फागुन १४ गते सुर्खेत, बाँके र रुपन्देहीमा गरी तीन स्थानमा चुनावी सभा गर्ने तय भएको रातोपाटीलाई जानकारी दिइन् । त्यस्तै गण्डकीको पोखरामा १५ गते चुनावी सभा गर्ने तय भएको छ । यसअघि नै काठमाडौँमा फागुन १७ गते चुनावी सभा गर्ने तय भएको छ ।
कोशी र सुदूरपश्चिममा गर्ने चुनावी सभाको मिति भने निश्चित भइनसकेको उपसभापति भुसालले जानकारी दिइन् । ‘प्रदेशगत रूपमा ठुला चुनावी सभा गर्ने हाम्रो तयारी हो । अब कोशी र सुदूरपश्चिममा कहिले सभा गर्ने भन्ने टुंगिन बाँकी छ,’ भुसालले भनिन् ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले एकै दिन तीन स्थानका सभामा शीर्ष नेता सहभागी हुन हेलिकप्टर प्रयोग गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण