सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

धादिङ दुर्घटनामा घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु

मङ्गलबार, १२ फागुन २०८२, ११ : १६
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • धादिङ बस दुर्घटनामा घाइते भएका एक यात्रुको काठमाडौँमा उपचारका क्रममा मृत्यु भयो।
  • मृत्यु हुनेमा स्याङ्जाका ४५ वर्षीय घनश्याम सुवेदी रहेका छन्।
  • यस दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ, र छानबिनका लागि कार्यदल गठन भएको छ।

काठमाडौँ । धादिङमा भएको बस दुर्घटनामा परेर घाइते भएका एकजना यात्रुको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ घर भएका ४५ वर्षीय घनश्याम सुवेदी छन् ।  उपचारको क्रममा उनको ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल बुढाथोकीले रातोपाटीलाई बताए ।

फागुन ११ मा बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिको चरौदी नजिक ग.२ ख १४२१ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले कार्यदल बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप