सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

धादिङ बस दुर्घटना छानबिन कार्यदलको संयोजकमा सहसचिव तिवारी

मङ्गलबार, १२ फागुन २०८२, १२ : ०६
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • धादिङमा भएको बस दुर्घटनाको छानबिनका लागि सहसचिव ऋषिराम तिवारीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।
  • कार्यदलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग र गृह मन्त्रालयका प्रतिनिधिहरू सदस्य छन्।
  • फागुन ११ गते धादिङको बेनीघाट रोराङमा भएको बस दुर्घटनामा २० जनाको मृत्यु भएको थियो।

काठमाडौँ । धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्ने जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई दिइएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख तिवारीलाई कार्यदलको संयोजक तोकेका हुन् ।

गृह मन्त्रालयमा सोमबार बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदलमा नेपाल प्रहरीका एसएसपी, सशस्त्र प्रहरी बलका एसएसपी, सड्क विभागका सिनियर डिभिजनल इन्जिनियर र गृह मन्त्रालयका उप सचिव सदस्य छन् ।

फागुन ११ मा बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिको चरौदी नजिक ग.२ ख १४२१ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप