सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कीर्तिपुरको चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना

मङ्गलबार, १२ फागुन २०८२, १४ : ३२
मङ्गलबार, १२ फागुन २०८२

काठमाडौँ । कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको छ ।

विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त जालन्धर शक्तिपीठ पुनर्निर्माणका क्रममा फेला परेको मूर्ति बृहत् चारघरे धार्मिक समितिको अगुवाइमा आज स्थापना गरिएको हो।

मूर्ति प्राणप्रतिष्ठाका निम्ति कीर्तिपुर नगरपालिकाले रु १२ लाख तथा स्थानीयले चन्दा दिएका थिए । मनिदरको प्रारुप कीर्तिपुर नगरपालिका–६ का प्राविधिक प्रभाष महर्जनले तयार गर्नुभएको हो । उक्त मूर्ति नवौँ शताब्दीको भएको पुरातत्व विभागले बताएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप