कप्तान ह्यारी ब्रुक चम्किँदा इंग्ल्यान्ड विजयी
सारांश
- इंग्ल्यान्डले टी-२० विश्वकपको सुपर-८ चरणमा पाकिस्तानलाई २ विकेटले पराजित गर्यो।
- इंग्ल्यान्डले १६५ रनको लक्ष्य पछ्याउँदै ८ विकेट गुमाएर जित हासिल गर्यो।
- कप्तान ह्यारी ब्रुकले ५१ बलमा अविजित रहँदै १०० रनको शतकीय पारी खेले।
काठमाडौँ । कप्तान ह्यारी ब्रुकको विस्फोटक शतकको मद्दतले इंग्ल्यान्डले टी–२० विश्वकपको सुपर–८ चरणको रोमाञ्चक खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा पाकिस्तानले दिएको १६५ रनको लक्ष्य इंग्ल्यान्डले ५ बल बाँकी छँदै ८ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्यान्डले १९.१ ओभरमा १६६ रन बनाउँदै जित हात पारेको हो ।
इंग्ल्यान्डको जितमा कप्तान ह्यारी ब्रुक नायक बने । उनले मात्र ५१ बलमा १०० रनको सानदार शतकीय पारी खेले । उनलाई विल ज्याक्सले २३ बलमा २८ रन र साम करनले १५ बलमा १६ रन बनाएर साथ दिएका थिए ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तानी टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो । पाकिस्तानका लागि साहिबजादा फरहानले सर्वाधिक ६३ रनको योगदान दिए। उनले ४५ बलको सामना गर्दै उक्त रन बनाएका थिए। त्यस्तै, फखर जमानले १६ बलमा २५ रन तथा बाबर आजमले २४ बलमा २५ रन जोडेका थिए ।
यो जितसँगै इंग्ल्यान्डले एक खेल अगावै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । आजको जितले इंग्ल्यान्डलाई पाँचौं पटक पुरुष टी–२० विश्वकपको सेमिफाइनलमा पुर्याएको छ । अब शुक्रबार कोलम्बोमा हुने खेलमा न्युजिल्यान्डलाई पराजित गर्न सके इंग्ल्यान्ड समूह विजेता बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण