लुभ्र सङ्ग्रहालय प्रमुखले दिइन् राजीनामा
सारांश
- लुभ्र सङ्ग्रहालयकी निर्देशक लरेन्स दे कार्सले बहुचर्चित गहना चोरी घटनापछि राजीनामा दिएकी छिन्।
- चोरहरूले ८ करोड ८० लाख युरो बराबरको गहना चोरी गरेका थिए, जसमा नेपोलियनको हार पनि थियो।
- चोरी घटनापछि सङ्ग्रहालयको सिसिटिभी प्रणाली कमजोर रहेको स्वीकार गरिएको थियो र छानबिन जारी छ।
पेरिस । फ्रान्सको विश्वप्रसिद्ध लुभ्र सङ्ग्रहालयकी निर्देशक लरेन्स दे कार्सले बहुचर्चित गहना चोरी घटनापछि पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन समक्ष बुझाएकी हुन् ।
गत वर्ष अक्टोबर १९ मा चोरी भएको घटनामा चोरहरूले चोरी गरिएको सवारीमा जडित मेकानिकल लिफ्ट प्रयोग गरी सेन नदी नजिकको बाल्कोनीबाट संग्रहालयभित्र प्रवेश गरेका थिए । उक्त घटनामा करिब ८ करोड ८० लाख युरो मूल्य बराबरका आठवटा बहुमूल्य गहनाहरू चोरी भएका थिए । यी सामान अझै फेला परेका छैनन् ।
चोरी गरिएका गहनामा सम्राट नेपोलियन बोनापार्टले आफ्नी पत्नीलाई दिएका हिरा र पन्ना जडित हारसमेत रहेको बताइएको छ । घटनास्थलबाट भाग्ने क्रममा चोरहरूले महारानी यूजेनीको १९औँ शताब्दीको हिराजडित मुकुट भने खसालेका थिए, जसमा सामान्य क्षति पुगेको भनिएको छ । सङ्ग्रहालयका अनुसार उक्त मुकुट मर्मतपछि पूर्ण रूपमा पुनः स्थापित गर्न सकिने अवस्थामा छ ।
घटनापछि दे कार्सले सङ्ग्रहालय वरिपरिको सिसिटिभी प्रणाली कमजोर र पुरानो रहेको स्वीकार गरेकी थिइन् । चोरी भएको क्षेत्रमा निगरानी गर्ने एक मात्र क्यामेरा बाल्कोनीतर्फ नफर्किएको पाइएको थियो । सन २०२१ देखि निर्देशक रहेकी दे कार्सले सिसिटिभी क्यामेराको संख्या दोब्बर बनाउने योजना अघि सारेकी थिइन्। घटनाको कमजोरीबारे संसदीय छानबिन जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण