महिलाले व्यवस्थापन गर्दैछन् जुम्लाको यो मतदान केन्द्र
जुम्ला । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाको चन्दननाथ मतदान केन्द्रमा सबै महिला कर्मचारी मात्र खटिने भएका छन् । जिल्ला सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी सबै महिला कर्मचारीले निर्वाचन सम्पन्न गराउने भएका छन् ।
मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले निर्वाचन आचारसंहिता २०८२ पूर्ण रूपमा पालन गर्दै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन महिला कर्मचारी प्रतिबद्ध रहेका बताए । शान्तिपूर्ण, मर्यादित र व्यवस्थित निर्वाचनका लागि राजनीतिक दल र पत्रकारसहित सबै सरोकार भएकाको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले पनि आमसञ्चारमाध्यमको भूमिका निर्णायक हुने भएकाले सकारात्मक सन्देशसहित सामग्री सङ्कलन र सम्प्रेषण गर्न आग्रह गरे । जिल्लामा कूल मतदाता सङ्ख्या ७१ हजार ७३९ रहेका जनाउँदै उनले निर्वाचनका लागि ६५४ जना कर्मचारी खटिने बताए ।
प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी रहनेछन् । जिल्लाभर ११० मतदान केन्द्र र ८५ मतदानस्थल कायम गरिएको निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए ।
निर्वाचनलाई लक्षित गर्दै जिल्लाका आठवटा स्थानीय तहका ६० वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेका छन् । मुख्य निर्वाचन अधिकृतका सहायक हरिकृष्ण तिमिल्सेनाका अनुसार प्रत्यक्षतर्फको ७७ हजार र समानुपातिकतर्फको ८० हजार मतपत्र जुम्लामा पुगेको छ ।
निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्लाका ९७४ जना निर्वाचन प्रहरी खटिनेछन्, जसले मतदान केन्द्रहरूमा शान्तिसुरक्षा सुनिश्चित गर्नेछन् । यसबाहेक जिल्लामा ९२५ अस्थायी मतदाता नामावली सङ्कलन गरिएको छ भने दुईवटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ ।
निर्वाचन आउन आठ दिन बाँकी रहँदा निर्वाचन आचारसंहितालाई कडाइका साथ पालन गर्न आज जिल्ला निर्वाचन कार्यालय जुम्लाको आयोजनामा एक दिवसीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । यसैबिच, फागुन १५ गते मतदान अधिकृत तथा सहायक अधिकृतहरूको तालिम सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण