स्वास्थ्य उपकरण खरिद प्रकरण : मधेसका तत्कालीन सचिव श्रेष्ठसहित १५ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
काठमाडौँ । विशेष अदालतले मधेस प्रदेश सामाजिक विकास मन्त्रालय तत्कालीन सचिव, निर्देशकसहित १५ जनाले स्वास्थ्य उपकरण खरिद सम्बन्धी भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावल र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नवीन दास र तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साहसहित १५ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो ।
२०८२ वैशाख १४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको भन्दै मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नवीन दास र तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साहसहित १५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
अख्तियारले मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव श्रेष्ठ, लेखा अधिकृत दास र तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक साह विरुद्ध २१ करोड ८९ लाख ३९ हजार ७८० बराबरको बिगो माग दाबी गरेको थियो । त्यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका तत्कालीन निर्देशक डा. श्रवणकुमार मिश्र, वरिष्ठ ल्याब टेक्निसियन गुणानन्द प्रसाद साह, टेक्नोलोजिस्ट मनमोहन मिश्र र ल्याब टेक्नोलोजिस्ट रामउदगार साह विरुद्ध पनि रु २१ करोड ८९ लाख ३९ हजार सात सय ८० बराबरको बिगो माग दाबी गरेको थियो ।
माइक्रोबायोलोजिस्ट जितेन्द्रकुमार साह, अमरेन्द्रकुमार मिश्र, मेडिकल ल्याब टेक्नोलोजिस्ट दीपेन्द्रकुमार मिश्र, ल्याब असिस्टेन्ट रमेशकुमार मण्डल, कर्मशील प्रसाद गोप, उमेश चौधरी र लेखा अधिकृत अमरदीप महतो विरुद्ध पनि समान रु २१ करोड ८९ लाख ३९ हजार ७८० बराबरको बिगो माग दाबी गरेको थियो ।
त्यस्तै सामान आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डित विरुद्ध रु २१ करोड ८९ लाख ३९ हजार सात सय ८० बराबरको बिगो माग दाबी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामा ६ सय ५५ जनाले पाए निःशुल्क प्रसूति सेवा
-
गोपालमान श्रेष्ठको निष्ठा र समर्पण भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने : आङदेम्बे
-
ड्राइभिङ लाइसेन्सको स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवामा अवरोध नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
नेता श्रेष्ठको निधनले पार्टी र देशकै लागि अपूरणीय क्षति भयो : गगन थापा
-
संस्थाभन्दा व्यक्ति हाबी हुँदा लोकतन्त्र कमजोर बन्यो : उज्यालो नेपाल पार्टी
-
विदेशमा रहेका नेपालीलाई मतदान र इन्टरनेट भोटिङका लागि कानुनी सुधार आवश्यक : डा. राजीव सुब्बा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण