गोपालमान श्रेष्ठको निष्ठा र समर्पण भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने : आङदेम्बे
सारांश
- नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ ।
- श्रेष्ठ नेपाली लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा थिए र उनले विभिन्न जनआन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गरेका थिए ।
- श्रेष्ठको सरलता, निष्ठा, त्याग र समर्पण भाव भावी पुस्ताका लागि सधैँ प्रेरणाको स्रोत रहने नेता आङदेम्बेले उल्लेख गरेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ ।
श्रेष्ठको असामयिक निधनको खबरले आफू अत्यन्त दुःखी र मर्माहत भएको नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बताएका हुन् ।
स्वर्गीय श्रेष्ठ नेपाली लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा भएको उल्लेख गर्दै आङदेम्बेले उनको योगदानको स्मरण गरेका छन् । २०१७ साल र विद्यार्थी जीवनदेखि नै प्रजातन्त्र तथा लोकतन्त्रको पक्षमा निरन्तर संघर्ष गरेका श्रेष्ठले २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२–०६३ को जनआन्दोलनमा अग्रपंक्तिमा रहेर ऐतिहासिक भूमिका निर्वाह गरेका थिए ।
लोकतन्त्रको स्थापना, शान्ति प्रक्रियाको सफलताका साथै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न उनले पुर्याएको योगदान सदैव स्मरणीय रहने आङदेम्बेको भनाइ छ । पटक–पटक जननिर्वाचित प्रतिनिधि, उपप्रधानमन्त्री तथा विभिन्न मन्त्रालयको नेतृत्व सम्हाल्दै श्रेष्ठले राष्ट्र, लोकतन्त्र र नेपाली कांग्रेसको सुदृढीकरणमा पुर्याएको योगदानले उनलाई नेपाली राजनीतिको सम्मानित व्यक्तित्वका रूपमा स्थापित गरेको छ ।
उनको सरलता, निष्ठा, त्याग र समर्पण भाव भावी पुस्ताका लागि सधैँ प्रेरणाको स्रोत रहने आङदेम्बेले उल्लेख गरेका छन् । दुःखद् घडीमा स्वर्गीय गोपालमान श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आङदेम्बेले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा
-
बागमती सरकार गठनका लागि नेकपाद्वारा ५ सदस्यीय वार्ता टोली गठन
-
आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण
-
फेरिए दुई विभागका डीजी, सिँचाइमा श्रेष्ठ र विद्युत् विकास विभागमा गौतम
-
रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमणले सरकारलाई कस्तो पार्ला प्रभाव ?
-
मुग्लिन–नारायणगढ सडकमा लेन अनुसाशन कायम गर्न चालकलाई आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण