मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

नेता श्रेष्ठको निधनले पार्टी र देशकै लागि अपूरणीय क्षति भयो : गगन थापा

मङ्गलबार, १२ साउन २०८३, १६ : ३७
मङ्गलबार, १२ साउन २०८३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उनको निधनले पार्टी र देशकै लागि अपूरणीय क्ष्ति भएको बताएका छन् ।

नेता श्रेष्ठको निधनको खबरले आफू अत्यन्तै स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै सभापति थापाले उनलाई एक ‘आदरणीय अभिभावक’ र ‘निष्ठावान नेता’ को रूपमा स्मरण गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् । सभापति थापाले लेखेका छन्, ‘नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन निर्माण र लोकतन्त्रको रक्षाका निम्ति उहाँको अविचलित भूमिका सधैं प्रेरणादायी रहनेछ।’

सभापति थापाले स्याङ्जाबाट राजनीतिक यात्रा सुरु गरी पार्टीको कार्यवाहक सभापति, उपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा श्रेष्ठले पुर्‍याएको योगदान अविस्मरणीय रहेको बताएका छन् । ‘पार्टी र लोकतान्त्रिक आन्दोलनमा समर्पित उहाँजस्तो निष्ठावान, अनुभवी र निडर नेता गुमाउनु सिङ्गो देशकै लागि अपूरणीय क्षति हो,’ थापाले लेखेका छन् । 

स्वर्गीय नेता श्रेष्ठले देखाएको निष्ठा र समर्पणको बाटोमा आफूहरू निरन्तर हिँडिरहने प्रतिबद्धता व्यक्त गर्दै सभापति थापाले शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन् । 
साथै, थापाले दिवंगत नेता श्रेष्ठको पार्थिव शरीर भोलि बिहान ९ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा राखिने जानकारी समेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप