राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामा ६ सय ५५ जनाले पाए निःशुल्क प्रसूति सेवा
सारांश
- दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 'आमा सुरक्षा कार्यक्रम' सञ्चालन भएपछि एक महिनाको अवधिमा ६ सय ५५ जनाले निःशुल्क प्रसूति सेवा पाएका छन्।
- असार महिनाभरमा ४ सय ६६ जनाले प्राकृतिक र १ सय ८९ जनाले शल्यक्रियामार्फत सुरक्षित सुत्केरी सेवा प्राप्त गरेका हुन्।
- निःशुल्क सेवाले अस्पतालमा बिरामीको संख्या बढेको छ भने सोही अवधिमा ३ हजार १ सय ७९ महिलाले ओपीडी सेवा लिएका छन्।
काठमाडौँ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 'आमा सुरक्षा कार्यक्रम' निःशुल्क रूपमा सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसूति सेवा थप प्रभावकारी बनेको छ ।
प्रतिष्ठानमा असार १ गतेदेखि ३२ गतेसम्मको एक महिनाको अवधिमा महिलाहरूले निःशुल्क प्रसूति सेवा प्राप्त गरेका हुन् ।
प्रतिष्ठानका प्रसूति रोग विशेषज्ञ प्राध्यापक डा. वसन्त लामिछानेको नेतृत्वमा अन्य विशेषज्ञ चिकित्सकहरूको सहभागितामा यो सेवा प्रदान हुँदै आएको छ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क रूपमा प्रसूति गराउन पाएपछि सेवाग्राही महिलाहरू खुसी भएका छन् ।
प्रतिष्ठानका निर्देशक तथा सहप्राध्यापक डा. सुरेश रसाइलीले निःशुल्क सेवा सञ्चालन भएपछि अस्पतालमा बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए ।
प्रतिष्ठानका अनुसार असार महिनाभर ४ सय ६६ जनाले प्राकृतिक (नर्मल) र १ सय ८९ जनाले शल्यक्रियामार्फत गरी कुल ६ सय ५५ जनाले सुरक्षित रूपमा सुत्केरी सेवा पाएका छन् । प्रतिष्ठानले विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीमार्फत प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा निरन्तर प्रदान गर्दै आएको छ ।
जटिल प्रकृतिका बिरामीलाई समेत प्रभावकारी उपचार सेवा उपलब्ध गराउँदै आएको प्रतिष्ठानले जनाएको छ । त्यसैगरी असार महिनामा प्रसूति सेवातर्फ ३ हजार १ सय ७९ जना महिलाले ओपीडी सेवा लिएका छन् भने ५ सय ३७ जनालाई भर्ना गरेर उपचार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस
-
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा
-
बागमती सरकार गठनका लागि नेकपाद्वारा ५ सदस्यीय वार्ता टोली गठन
-
आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण
-
फेरिए दुई विभागका डीजी, सिँचाइमा श्रेष्ठ र विद्युत् विकास विभागमा गौतम
-
रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमणले सरकारलाई कस्तो पार्ला प्रभाव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण