होली पर्व संयमित रुपमा मनाउन आग्रह
बुधबार, १३ फागुन २०८२, २० : ४५
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सप्तरीले होली पर्व संयमित रुपमा मनाउन आग्रह गरेको छ। बुधबार प्रशासनले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
होली पर्व र निर्वाचन एकै समयमा परेकाले आचार संहितालाई ध्यानमा राखी चाडपर्व सभ्य, शान्तिपूर्ण ढंगले मनाउन जिल्लावासीसँग आग्रह गरिएको छ। चाडपर्वको नाममा कानुन विपरीत गतिविधि गरे गराए कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।
निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन भारतसँग सीमा जोडिएका सप्तरीका सबै नाका फागुन १९ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहने प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी तवराज पोखरेलले सिमानाका बन्द रहने अवधिमा आवागमन नियन्त्रण गरिने र सुरक्षा व्यवस्था थप कडा बनाइने जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण