टी–२० विश्वकप: न्युजिल्यान्डको सानदार जित, श्रीलंका ६१ रनले पराजित
सारांश
- आईसीसी टी-२० विश्वकपमा न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनले पराजित गर्यो।
- न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै १६८ रन बनायो।
- जवाफमा श्रीलंका १०७ रनमै समेटियो।
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा बुधबार न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । यो हारसँगै श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६८ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । न्युजिल्यान्डका लागि मिचेल सान्टनरले सर्वाधिक ४७ रन बनाए । उनले मात्र २६ बलमा सो रन जोडेका थिए । यस्तै, रचिन रविन्द्रले २२ बलमा ३२ तथा कोल म्याकोन्चीले अविजित रहँदै २३ बलमा ३१ रनको योगदान दिए ।
१६९ रनको लक्ष्य पछ्याएको घरेलु टोली श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि कमिन्दु मेन्डिसले २३ बलमा सर्वाधिक ३१ रन तथा दुनिथ वेल्लालागेले २३ बलमा २९ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । कुशल मेन्डिसले २२ बलमा ११ रन जोडे ।
यो जितले न्युजिल्यान्डलाई नेट रन रेटमा ठुलो फाइदा पुगेको छ र सेमिफाइनलका लागि बलियो स्थितिमा पुगेको छ । यो नतिजाले पाकिस्तानको सेमिफाइनल यात्रा पनि अत्यन्त कठिन बनेको छ । अब पाकिस्तानले श्रीलंकालाई हराए पनि र न्युजिल्यान्ड इंग्ल्यान्डसँग पराजित भए पनि उसको लागि सेमिफाइनल पुग्न निकै चुनौतीपूर्ण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण