चलचित्र क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण आवश्यक छ: मन्त्री सिन्हा
सारांश
- अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको बताए ।
- उनका अनुसार व्यवसायीकरणले रोजगारी सिर्जना र आर्थिक वृद्धिमा सहयोग पुर्याउँछ ।
- नयाँ नीति र कानुन कार्यान्वयन गर्नुपर्नेमा दिनेश डिसीले जोड दिए।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाली चलचित्र क्षेत्रको विकासका लागि आधुनिक नीति, प्रविधि र लगानीमैत्री वातावरण आवश्यक रहेको बताएका छन् ।
सेलिब्रेटी नेपाल फाउन्डेसनद्वारा बुधबार आयोजित ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड–२०८२’ कार्यक्रममा उनले यस क्षेत्रको व्यवसायीकरण तथा विकासले रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, संस्कृति संरक्षण र आर्थिक वृद्धिमा ठुलो योगदान पुर्याउने बताए ।
गुणस्तरीय फिल्म, नीतिगत सुधार, पूर्वाधार विकासले नै चलचित्र उद्योगलाई व्यावसायिक र आत्मनिर्भर बनाउन सकिने बताउँदै मन्त्री सिन्हाले यस क्षेत्रमा रहेका विकृतिहरूको अन्तः गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने र दर्शकहरूलाई हलसम्म ल्याउने वातावरण चलचित्र व्यवसायीले बनाउनुपर्ने उल्लेख गरे ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको बृहत्तर विकासका लागि समयसापेक्ष नयाँ नीति र कानुनको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
संयोजक सुरज पौडेलले यस क्षेत्रको विकासका लागि प्रतिभा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । सो अवसरमा चलचित्र पत्रकार कृष्ण भट्टराईलाई ‘पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण