अनमोलको ‘जेरी अन टप’ भारतभर प्रदर्शन हुने
सारांश
- अभिनेता अनमोल केसीको फिल्म 'जेरी अन टप' भारतमा प्रदर्शन हुने भएको छ।
- फिल्म फेब्रुअरी २७ देखि दार्जिलिङ, सिक्किम लगायतका शहरहरूमा रिलिज हुनेछ।
- गान्तोकमा प्रिमियर शो आयोजना गरिएको छ, जसमा अनमोल केसी र अन्य कलाकारको उपस्थिति रहनेछ।
काठमाडौँ । अभिनेता अनमोल केसीको करियरकै सर्वाधिक बिजनेस गर्न सफल नेपाली फिल्म ‘जेरी अन टप’ भारतभर प्रदर्शन हुने भएको छ । नेपाली समुदाय तथा नेपाली भाषी दर्शकलाई लक्षित गर्दै फिल्म फेब्रुअरी २७ ( शुक्रबार)देखि भारतका विभिन्न सहरहरूमा प्रदर्शन हुन लागेको हो ।
फिल्म दार्जिलिङ, सिक्किम, देहरादुन, दिल्ली, कालिङपोङ, सिलिगुरी र कोलकातासहित नेपाली भाषी दर्शकको उल्लेख्य बसोबास रहेका अन्य विभिन्न ठाउँमा वक्सअफिस रिलिज हुन लागेको हो ।
रिलिजको पूर्वसन्ध्यामा आज (फेब्रुअरी २६) मा फिल्म गान्तोकमा प्रिमियर शो आयोजना गरिएको छ। उक्त प्रिमियरमा अभिनेता अनमोल केसी, अभिनेता भुवन केसी, अभिनेत्री जसिता गुरुङसहित फिल्मका कास्ट एण्ड क्रू सहभागी हुँदै छन् भने कार्यक्रममा चर्चित गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटाको विशेष प्रस्तुतिसहितको उपस्थिति रहने निर्माता सरोज न्यौपानेले बताए ।
नेपाल तथा अन्य दर्जन बढि देशमा गरेर १७ करोड माथिको कलेक्सन गरेको फिल्ममा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्गीको अभिनय छ । असली प्रोडक्सनले फिल्मको भारत रिलिजको तारतम्य मिलाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण