आज विवाह गर्दै रश्मिका मन्दाना, यस्तो छ उनको फिल्मी करियर ?
सारांश
- अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोन्डाले विवाह गर्दैछन्, उनीहरू ८ वर्षदेखि प्रेम सम्बन्धमा थिए।
- रश्मिकाले 'किरिक पार्टी' बाट करियर सुरु गरिन् र 'गीता गोविन्दम' र 'पुष्पा' जस्ता हिट फिल्महरूमा अभिनय गरिन्।
- उनले बलिउडमा 'गुडबाय' बाट डेब्यु गरिन् र 'एनिमल' जस्ता फिल्महरूबाट चर्चा बटुलेकी छिन्, उनले विभिन्न अवार्ड पनि जितेकी छिन्।
मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी चर्चित अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोन्डा आजै विवाह गर्दैछन् । खबरका अनुसार यी दुई कलाकार विगत ८ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । उनीहरूको प्रेम सम्बन्ध सन् २०१८ मा रिलिज भएको फिल्म ‘गीता गोविन्दम’को छायांकन सेटबाट सुरु भएको हो ।
पछिल्लो समय सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीहरू मध्येकी एक रश्मिकाको जन्म ६ अप्रिल १९९६ मा कर्नाटकको कोडागु जिल्लामा भएको थियो । उनका पिता कफी सप चलाउँथे । रश्मिकाका अनुसार उनको बाल्यकाल निकै संघर्षपूर्ण थियो । कुनै समय उनका आमाबुवासँग खेलौना किन्ने पैसा समेत हुँदैनथ्यो । उनले पत्रकारिता, मनोविज्ञान र अङ्ग्रेजी विषयमा उच्च शिक्षा हासिल गरेकी छिन् । शिक्षा पूरा गरेपछि उनले मोडलिङ सुरु गरेकी हुन् ।
प्रोफेसरको सल्लाहले अभिनेत्री
रश्मिकाको अनुसार पहिले उनको अभिनय क्षेत्रमा लाग्ने कुनै सोच थिएन । तर, कलेजका एक प्रोफेसरले उनलाई फिल्मको अडिसन दिन सुझाएका थिए । पहिलो फिल्म साइन गरेपछि मात्र उनले यसबारे आफ्ना आमाबुवालाई जानकारी दिएकी थिइन् । सुरुमा उनका आमाबुवा छोरीको फिल्मी करियरलाई लिएर केही हिचकिचाए पनि पछि उनीहरूले सहमति दिए ।
फिल्ममा लोभलाग्दो सफलता
सन् २०१५ मा एक सौन्दर्य प्रतियोगिता जितेपछि निर्देशक ऋषभ शेट्टीले रश्मिकालाई कन्नड फिल्म ‘किरिक पार्टी’ (२०१६) बाट डेब्यु गराए । यस फिल्ममा उनले एक इन्जिनियर बन्ने सपना देख्ने कलेज छात्राको भूमिका निर्वाह गरेकी थिइन्, जसबाट उनले अवार्ड समेत प्राप्त गरिन् । त्यसपछि उनले ‘गीता गोविन्दम’, ‘डियर कमरेड’, ‘चमक’ र विश्वव्यापी चर्चा कमाएको फिल्म ‘पुष्पा’ जस्ता सफल फिल्महरुमा आफ्नो अभिनयको जादु छर्न सफल भइन् ।
बलिउड यात्रा कहिले ?
सन् २०२२ सम्म दक्षिण भारतीय फिल्ममा स्थापित भइसकेकी रश्मिकाले फिल्म ‘गुडबाय’ बाट बलिउडमा डेब्यु गरेकी हुन् । यद्यपि यो फिल्मले सोचेजस्तो व्यापार गर्न सकेन । तर, सन् २०२३ मा रणवीर कपुरसँग फिल्म ‘एनिमल’मा देखिएपछि उनी बलिउडमा रातारात चर्चित भइन् । यो फिल्म ब्लकबस्टर सावित भयो । त्यसपछि उनले ‘छावा’ (२०२५) मा अभिनय गरिन्, जुन फिल्म पनि सफल रह्यो । उनका ‘सिकन्दर’ र ‘थामा’ जस्ता फिल्म पनि आए । यी फिल्मले भने औसत प्रदर्शन गरे । उनी चाँडै नै ‘ककटेल २’ मा देखिने छिन्।
अवार्ड कति ?
रश्मिकाले आफ्नो छोटो करियरमा धेरै प्रतिष्ठित अवार्डहरू जितेकी छिन् । उनले ‘किरिक पार्टी’का लागि बेस्ट डेब्यु (साउथ इन्डियन इन्टरनेशनल अवार्ड), ‘गीता गोविन्दम’का लागि बेस्ट एक्ट्रेस (फिल्मफेयर साउथ), ‘डियर कमरेड’ र ‘यजमान’का लागि बेस्टएक्ट्रेस (साउथ इन्डियन इन्टरनेशनल अवार्ड) अवार्ड प्राप्त गरेकी छिन् । यस्तै, फिल्म ‘पुष्पा २’ का लागि पनि उनले उत्कृष्ट अभिनेत्रीको (साउथ इन्डियन इन्टरनेशनल अवार्ड) जितेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण