काभ्रेमा दुई हजार पाँच सय अस्थायी मतदाता
काभ्रेपलाञ्चोक । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार ४८१ अस्थायी मतदाता कायम भएका छन् । निर्वाचन आयोगले उक्त निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि-२०८२’ अनुसार जिल्लाबाट मतदाताको नामावली सङ्कलन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार निर्माण भएको कार्यविधिअनुसार काभ्रेपलाञ्चोकमा उक्त सङ्ख्यामा अस्थायी मतदाता नामावली सङ्कलित गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिए ।
उनका अनुसार सङ्घीय र प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका सङ्घसंस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम अस्थायी मतदाता नामावलीमा समावेश भएका छन् ।
साथै जेष्ठ नागरिक आश्रमलगायत स्थानमा रहेका नागरिक पनि अस्थायी मतदाताका रूपमा समावेश गराइएको शिवाकोटीले बताए । अस्थायी मतदानका लागि मतदानस्थलमा खटिएका प्रहरी, कर्मचारीले सोही स्थानमा मतदान गर्नसक्ने जनाइएको छ । यस्तै कैदीबन्दीले जिल्ला कारागार कार्यालय धुलिखेलमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान गर्न सक्नेछन् ।
जिल्लामा कूल तीन लाख २६ हजार ६११ मतदाता छन् । जिल्लामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कूल ४०० मतदान केन्द्र र १८९ मतदानस्थल कायम गरिएका छन् ।
यसैबिच जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीले यहाँका १३ वटै स्थानीय तह लक्षित प्राथमिक उपचार टोली सञ्चालन गर्ने जनाएका छन् । यसका लागि रेडक्रस जिल्ला शाखाले प्राथमिक उपचार सेवा अभिमुखीकरण कार्यक्रम गरी सबै पालिकामा प्राथमिक उपचार टोली पठाउने तयारी गरेको जनाएको छ । यहाँका १३ पालिकामध्ये छ समूह विभाजन गरी विभिन्न छ वटा प्राथमिक उपचार टोली गठन गरिएको रेडक्रसका मन्त्री राजु सिग्देलले जानकारी दिए।
सिग्देलका अनुसार जोखिमयुक्त मतदान केन्द्र पहिचान गरी सोहीअनुसार टोली परिचालन गरिनेछ । जिल्लास्थित प्रशासन, सुरक्षाकर्मी तथा स्थानीय स्वास्थ्य केन्द्रसँगको समन्वयमा टोली परिचालन हुने उहाँले बताउनुभयो । जिल्लाभर परिचालित छ टोलीमा ५१ जना सदस्य रहने र ती टोलीले मतदाताका लागि आवश्यक प्राथमिक उपचार सेवा र एम्बुलेन्स सेवा प्रदान गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण