४ जना पूर्व प्रधानसेनापति किन गए भारत ?
सारांश
- नेपाली सेनाका ४ जना पूर्व प्रधानसेनापतिहरू भारत गएका छन्।
- उनीहरू भारतको नयाँ दिल्लीमा आयोजना हुने चिफ्स कन्क्लेभमा सहभागी हुनेछन्।
- चिफ्स कन्क्लेभ फागुन १४ गते सुरु भएको र फागुन १७ गतेसम्म चल्नेछ।
काठमाडौँ । नेपाली सेनाका ४ जना पूर्व प्रधानसेनापतिहरू भारत गएका छन् । बिहीबार मध्यान्ह ४ जना पूर्व प्रधान सेनापतिहरू भारत गएका हुन् । भारत जानेमा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, पूर्णचन्द्र थापा, प्यारजंग थापा र गौरवशमशेर राणा भारतको नयाँ दिल्ली गएका हुन् ।
राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापा बिहीबार दिउँसो पौने ३ मा नेपाल एयरलाइन्सको उडानबाट नयाँ दिल्ली गएका थिए । प्यारजंग थापा र गौरवशमशेर राणा एयर इन्डियाको विमानबाट बिहान ११ बजे गएका हुन् ।
भारतका नयाँ दिल्लीमा आयोजना हुने पूर्व प्रधानसेनापतिहरुको चिफ्स कन्क्लेभमा सहभागी हुन पूर्व प्रधानसेनापतिहरू भारत गएको नेपाली सेनाले जनाएको छ । गतवर्ष नेपालमा आर्मी डे को अवसरमा चिफ्स कन्क्लेभ आयोजना गरिएको थियो । यसवर्ष १० औँ चिफ्स कन्क्लेभमा सहभागी हुन ४ जना पूर्व सेनापतिहरु भारत गएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले रातोपाटीलाई बताए । उनले भने– ‘पोहोर हामीले नेपालमा कन्क्लेभ आयोजना गरेका थियौँ, यस वर्ष भारतमा हुँदैछ ।’
भारतीय सेनाले नेपालका सबै पूर्वसैनिक प्रमुखहरूलाई निमन्त्रणा पठाए पनि ४ जना मात्र त्यसतर्फ गएका हुन् । फागुन १४ मा सुरु भएको चिफ्स कन्क्लेभ फागुन १७ सम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण