धोनीको बायोपिक बनाउने नीरजले आरडी बर्मनको जीवनी पर्दामा उतार्ने
काठमाडाैँ। भारतीय संगीत इतिहासका सबैभन्दा प्रभावशाली संगीतकार आरडी बर्मन ‘पञ्चम दा’ को असाधारण जीवन अब सिनेमाको पर्दामा देखिने भएको छ। भारतकै बहुप्रतीक्षित फिल्महरूमध्ये एक मानिएको यस बायोपिकलाई ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ जस्तो सफल बायोपिक निर्देशन गरिसकेका चर्चित निर्देशक नीरज पाण्डेले निर्देशन गर्ने भएका हुन्।
कमल जैनले निर्माण गर्न लागेको यो फिल्म भारतमा अहिलेसम्मकै ठूलो स्तरको र फरक सिनेमाई अनुभव दिने गरी बनाउने तयारी भइरहेको छ। निर्देशक नीरज पाण्डे ए वेन्स्डे, बेबी र स्पेशल २६ जस्ता उत्कृष्ट फिल्मका लागि चिनिन्छन् भने निर्माता कमल जैनले यसअघि कंगना रनौत अभिनित ऐतिहासिक ड्रामा मणिकर्णिकाः द क्वीन अफ झाँसी निर्माण गरेका थिए।
यी दुई हस्तीको सहकार्यले फिल्म निकै भव्य हुने अपेक्षा गरिएको छ। यद्यपि, फिल्मको मुख्य भूमिकामा कुन कलाकार देखिनेछन् भन्नेबारे निर्माण पक्षले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन।
संगीतको परिभाषा बदल्ने ‘पञ्चम दा’ को विरासत
राहुल देव बर्मन अर्थात् आरडी बर्मनले सन् १९६० देखि १९९० को दशकसम्म करिब ३३१ फिल्ममा संगीत दिएर भारतीय फिल्म संगीतलाई नयाँ उचाइमा पुर्याएका थिए। महान संगीतकार सचिन देव बर्मन र गीतकार मीरा देव बर्मनका एक मात्र छोरा आरडी बर्मनलाई संगीतको क्षेत्रमा ‘पञ्चम’ नामले पनि चिनिन्छ। उनले किशोर कुमार, लता मंगेशकर, आशा भोसले र मोहम्मद रफी जस्ता दिग्गज गायकहरूसँग मिलेर कैयौँ कालजयी गीतहरू सिर्जना गरे।
सन् १९८० मा गायिका आशा भोसलेसँग विवाह गरेका बर्मनले मजरूह सुल्तानपुरी, आनन्द बक्शी र गुलजार जस्ता प्रख्यात गीतकारहरूसँग पनि नजिक रहेर काम गरे। संगीतको कुनै निश्चित ढाँचामा नबाँधिएका बर्मनले पश्चिमा र भारतीय शास्त्रीय संगीतको मिश्रण गरी नयाँ प्रयोगहरू गरेका थिए, जुन आजका पुस्तामाझ पनि उत्तिकै लोकप्रिय छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण