क्षतिग्रस्त रातो मछिन्द्रनाथको पाङ्ग्रा तीव्र गतिमा निर्माण, तस्बिरहरू
शुक्रबार, १५ फागुन २०८२, १४ : ५३
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त बनेको रातो मछिन्द्रनाथको पाङ्ग्रा अहिले तीव्र गतिमा निर्माण भइरहेको छ।
परम्परागत रूपमा १२ वर्षमा बनाइने यो पाङ्ग्रा आकस्मिक रूपमा बिग्रिएमा मात्र निर्माण गरिन्छ। तर आन्दोलनका क्रममा आगलागी भएर दुई वटा पाङ्ग्रा नष्ट भएपछि निर्माण प्रक्रिया थालिएको हो।
स्थानीय गुठी तथा सम्बन्धित निकायका अनुसार सरस्वती पूजाको दिनदेखि पाङ्ग्रा निर्माण कार्य सुरु गरिएको हो।
दक्ष कारिगरहरूको संलग्नतामा परम्परागत शैली र विधिअनुसार निर्माण भइरहेको पाङ्ग्रा करिब डेढ महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ।
धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको रातो मछिन्द्रनाथको पाङ्ग्रा समयमै तयार पार्न स्थानीय समुदाय र गुठी सक्रिय रूपमा जुटेका छन्।
_nrtGjlrl5c.jpg)
_egdY00mR5O.jpg)
_CH77Aue26T.jpg)
_EowvthBFoz.jpg)
_2t4rkuQZ96.jpg)
_KLwuBCmJjm.jpg)
_OHoFjpeHc4.jpg)
_xwbTXIXXc2.jpg)
_luXd04iiGB.jpg)
_ZkqIDDUBgN.jpg)
_s9W2oA1TuV.jpg)
_cKNSywBKqZ.jpg)
_sdln8EqKZO.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण