सब-इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार
सारांश
- सर्लाहीमा सब-इन्जिनियर प्रमोद कुमार यादवको हत्याको मुख्य योजनाकार गणेश महतो रहेको पुष्टि भएको छ।
- महतो लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धी थिए र यादवको सिट हत्याएर जागिर खाने योजना बनाएका थिए।
- प्रहरीले महतोसहित हत्यामा संलग्न ३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । सर्लाहीमा सब-इन्जिनियर प्रमोदकुमार यादवको हत्याका मुख्य योजनाकार लोकसेवा आयोगका प्रतिस्पर्धी गणेश महतो रहेको प्रहरीले निष्कर्ष निकालेको छ । गत फागुन ३ गते साँझ गोली प्रहारबाट सब-इन्जिनियर यादवको हत्या गरिएको थियो ।
मलंगवा नगरपालिका–१० मा डेरा गरेर बस्दै आएका यादवको हत्याको योजना गणेश महतोले बनाएको अनुसन्धानको निष्कर्ष रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक(एसपी) सरोज राईले जानकारी दिए । एसपी राईका अनुसार मृतक यादव र महतो लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धी थिए । वैकल्पिकतर्फ १ नम्बर सूचीमा रहेका उनले यादवको हत्या गरेर उनको सिटमा जागिर खाने योजना बनाएको अनुसन्धानबाट थाहा भएको छ ।
एसपी सरोज राईले भने, ‘आरोपी महतो लोकसेवाका प्रतिस्पर्धी हुन्, उनकै योजनामा सब–इन्जिनियरको हत्या भएको देखिन्छ ।’
प्रहरीले उनीसहित हत्यामा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले गणेश महतो, चन्द्र किशोर सिंह कुशवाहा र विजय कुमार महतोलाई पक्राउ गरेको हो । महोत्तरीको रामगोपालपुर नगरपालिका घर भएका गणेश महतो नेपाल–भारत सीमानाबाट पक्राउ गरेका हुन् ।
पक्राउ परेकाहरूमाथि प्रहरीले अदालतबाट १५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
छुटाउनुभयाे कि ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण