कास्कीमा मतदाता शिक्षा सञ्चालन
सारांश
- कास्कीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ, जसले मतदातालाई मतदान गर्ने तरिका सिकाउँछ।
- निर्वाचन कार्यालयले फागुन १७ गतेसम्म नमूना मतपत्रमार्फत मतदाता शिक्षा दिनेछ।
- २०७९ को निर्वाचनमा ५ प्रतिशत मत बदर भएको थियो, जसलाई कम गर्न शिक्षा कार्यक्रमले सहयोग गर्नेछ।
कास्की । कास्कीमा मतदाता शिक्षा कार्यक्रमलाई निर्वाचन कार्यालयले प्राथमिकताका साथ सञ्चालन गरेको छ ।
आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सही तरिकाले मतदाता गर्न मतदातालाई सिकाउनका लागि गत फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले बताए ।
उनका अनुसार सकेसम्म मत बदर नहोस् भनेर मतदाता शिक्षा स्वयंसेवकमार्फत नमुना मतपत्रका आधारमा पाँच पालिकाका ७२ वडै वडामा फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ ।
विसं २०७९ को निर्वाचनमा कास्कीमा पाँच प्रतिशत मत बदर भएको थियो । त्यस बेला प्रतिनिधिसभा सदस्य लागि एक लाख ७८ हजार आठ सय छ मत खसेकामा सदर मत एक लाख ७० हजार तीन सय ४४ र बदर मत आठ हजार चार सय ६४ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
मतपत्रमा सही स्थानमा छाप नलगाउने, मतपत्र गलत तरिकाले पट्याउने, छाप लगाउँदा चुनाव चिह्नभन्दा बाहिर लगाउने लगायतका कारणले मत बदर हुने गरेको छ ।
सूचना अधिकारी न्यौपानेले भने, “विगतका निर्वाचनलाई हेर्दा यहाँ बदर मतको प्रतिशत समेत बढी नै छ । निर्वाचन कार्यालयले मत बदर हुन नदिनका लागि मतदाता शिक्षामा जोड दिएको छ । सबै वडामा शिक्षा कार्यक्रम भइरहेको छ । मत कसरी हाल्ने भनेर नमुना मतपत्रका आधारमा सिकाइरहेका छौँ । ”
प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा निर्वाचनका लागि दुई हजार एक सय ९० जना कर्मचारी खटिएका छन् । कर्मचारीहरूलाई शुक्रबार भोली शनिबार नियुक्ति पत्र वितरण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कास्कीमा एक सय ५३ मतदानस्थल र तीन सय ६३ मतदान केन्द्र रहेका छन् । यसैगरी दुई वटा अस्थायी मतदान केन्द्र गरी कूल तीन सय ६५ मतदान केन्द्रमा दुई हजार एक सय ९० कर्मचारी खटिनेछन् ।
यसैगरी मतदान अधिकृतले मतदान केन्द्रमा चुनावका दिनका लागि तीन जना स्वयंसेवक नियुक्त गर्न सक्ने व्यवस्था छ ।
निर्वाचन कार्यालयका अनुसार कारागारका कैदीबन्दीका लागि कारागारमा मतदान केन्द्र तोकिएको छ । यसैगरी मतदानमा नखटिने कर्मचारीका लागि जिल्ला समन्वय समितिमा रहने मतदान केन्द्रमा कर्मचारीले समानुपातिकतर्फ मत दिनेछन् ।
जिल्लामा विभिन्न १८ राजनीतिक दल तथा स्वतन्त्र ४४ पुरुष र पाँच महिला गरी ४९ जना उम्मेदवार मैदानमा छन् ।
यसैगरी मतदाता सङ्ख्या तीन लाख आठ हजार पाँच सय ७२ जना रहेको छ । विसं २०७९ को निर्वाचनमा कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण