‘मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग’
दाङ । मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरूलाई निकै समस्या हुने गरेको छ । विगतका मतदानहरूमा पनि निकै समस्या भोग्नुपरेको भन्दै आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा मतदान केन्द्रहरू अपाङ्गमैत्री हुनुपर्ने राप्ती बहिरा सङ्घ दाङका अध्यक्ष अजय शर्माले बताए । टेबलहरू अग्ला हुँदा होचा व्यक्तिहरूले मदतान गर्न नै गाह्रो हुने अवस्था रहेको उनको भनाइ थियो ।
त्यस्तै मदतान केन्द्रहरूमा दोभासे नहुँदा आफूहरूलाई बुझ्न पनि गाह्रो हुने गरेकोसमेत उनको भनाइ थियो । “होचा व्यक्तिलाई अग्ला टेबलमा पुग्न पनि गाह्रो हुने हुन्छ, त्यसले गर्दा एकातिरभन्दा अर्कोतिर भोट जाने अवस्था हुन्छ”, उनले भने, “यस्ता कुराले होचा व्यक्तिलाई गाह्रो हुन्छ ।” अपाङ्गता भएका व्यक्तिहरू सहजै मतदान केन्द्रमा जान पनि नसक्ने अवस्था रहेको भन्दै यसलाई पनि ध्यानमा राख्नुपर्ने उनको भनाइ छ । सबै मतदान केन्द्रहरूमा यस्तो कुरालाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।
अपाङ्गता भएका व्यक्तिलाई भोट बैंक बनाउने तर, अपाङ्गमैत्री मतदान केन्द्र नबनाउँदा समस्या हुने गरेको उनको भनाइ छ । त्यस्तै दृष्टिविहीन शिक्षक रामबहादुर खड्काले पनि निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूलाई विभेद गर्ने गरेको बताए । उनले आफू सरकारी शिक्षक भए पनि निर्वाचनको कामकाजमा नखटाउने गरेको गुनासो गरे । “गत वर्ष एक जना शिक्षकलाई निर्वाचनको कामका लागि छनोट गरेको भए पनि काम गर्न नसक्ने भन्दै फर्काएकोसमेत उनले गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण