इरानमाथिको आक्रमणले क्षेत्रीय तनाव बढ्ने संकेत
सारांश
- अमेरिका र इजरायलको इरानमाथि सैन्य कारबाही पछि इरानले अन्य देशहरूमा हवाई आक्रमण गरेको छ।
- चाथाम हाउसकी निर्देशक सनम वाकिलका अनुसार, अमेरिका र इजरायलको आक्रमणले क्षेत्रीय तनाव बढाउने संकेत गरेको छ।
- वाकिलले इरानको प्रतिक्रिया स्वरूप युद्ध मध्यपूर्वभर फैलिने जोखिम रहेको चेतावनी दिएकी छिन्।
लन्डन । अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही गरेपछि क्रुद्ध बनेको इरानले सो क्षेत्रका अन्य देशमाथि धमाधम हवाई आक्रमण गरिरहेको छ । कतार, कुवेत, युएई, बहराइन र साउदी अरबमा रहेका अमेरिकी सेनाको शिविरमा विस्फोट सुनिएको खबर आएको छ ।
यसैबिच इरानमाथि अमेरिका–इजरायलको आक्रमणपछि क्षेत्रीय तनाव झन् बढ्ने लन्डनस्थित बौद्धिक समूह चाथाम हाउसकी मध्यपूर्व तथा उत्तर अफ्रिका कार्यक्रमकी निर्देशक सनम वाकिलले जानकारी दिएकी छिन् ।
‘अब हामीले केवल तनाव बढ्ने अपेक्षा गर्न सक्छौँ, किनकि अमेरिकाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग मिलेर स्पष्ट संकेत दिएको छ कि यो आक्रमण इरानलाई वार्तामा फर्काउन होइन’ सीएनएनसँग कुरा गर्दै वाकिलले भनिन् । उनका अनुसार यो इस्लामिक गणतन्त्रको संरचना परिवर्तन गर्ने उद्देश्यतर्फ उन्मुख युद्धजस्तो देखिन्छ ।
इरान आफ्नो अस्तित्वका लागि लडिरहेको पनि वाकिलले बताएकी छन् । यस्तो परिस्थितिमा इरानको एक मात्र विकल्प छिटो प्रतिकार गर्नु र युद्धलाई सो क्षेत्रभर फैलाउने प्रयास गर्नु हुनसक्ने उनले बताइन् ।
इरानले युद्धको असर तेहरानमा मात्र सीमित नराखी पूरै मध्यपूर्वमा फैलाउने रणनीति अपनाउन सक्ने र यसले क्षेत्रीय अस्थिरता अझ तीव्र हुने जोखिम बढाएको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण