अबको संसद्मा बलियो राप्रपा चाहिएको छ : लिङ्देन
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कुनै पनि दलसँग चुनावी तालमेल नगरेको बताए।
- उनले देश र जनता जोगाउन व्यवस्था परिवर्तन आवश्यक रहेको र राप्रपालाई बहुमत दिन आग्रह गरे।
- लिङ्देनले देशमा दुई खाले अतिवाद हाबी भएको र राप्रपालाई समन्वयकारी शक्तिको रूपमा प्रस्तुत गरे।
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल नगरिएको बताएका छन् । झापाको बाह्रदशीस्थित राजगढमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले समाचारमा आएजस्तो कुनै पनि राजनीतिक दलहरूसँग राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी तालमेल नगरेको बताएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै देश र जनताको पक्षमा रहेको दाबी गर्दै उनले देश र जनता जोगाउने हो भने यो व्यवस्था र अवस्थामा परिवर्तन हुनुपर्ने अन्यथा देश अझै ठुलो भुमरीमा फस्ने दाबी गरे । उनले आफूलाई र राप्रपालाई सबै पार्टी र विचारप्रति आस्थावानहरुको भोट चल्ने बताउँदै हलोमा भोट हाल्न मतदातालाई आग्रह समेत गरे । लिङ्देनले राप्रपालाई भोट हालेका कारण कहिल्यै पछुताउनु नपर्ने पनि बताएका छन्।
अध्यक्ष लिङ्देनले सिंहदरबार जलाउने र सिंहदरबार जोगाउन नसक्नेको बिचमा राष्ट्रिय प्रजातन्त्र पार्टी बेग्लै पहिचान बोकेर अगाडि बढेको समेत उल्लेख गरे । राप्रपालाई बहुमत नदिए देश नै नरहने जिकिर गर्दै उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बहुमत दिन आम मतदातालाई अपिल समेत गरे ।
अहिले देशमा दुई खाले अतिवाद हाबी भइरहेको बताउँदै उनले यस्तो अवस्थामा देशलाई स्थिर र समन्वयकारी शक्तिको खाँचो रहेको समेत बताए । समन्वय गर्ने शक्ति राप्रपा नै भएको प्रस्ट पार्दै अध्यक्ष लिङ्देनले आगामी संसदमा बलियो राप्रपा चाहिने हुँदा सोचविचार गरेर मतदान गर्न समेत सबैलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड
-
वाणिज्य बैंकमा सुन धितो राखेकाहरूले गरे प्रदर्शन
-
बागमतीको बजेटः स्थानीय तहलाई नगदभन्दा ‘प्रोजेक्ट’ मा जोड
-
नेपालले भारत र चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिमा बदल्नुपर्छ : अर्थशास्त्री ओली
-
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न
-
रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको लर्काे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण