मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

ओलीको चुनाव प्रचारमा पुगे योगेश भट्टराई

आइतबार, १७ फागुन २०८२, १० : ३७
आइतबार, १७ फागुन २०८२

सारांश

  • एमाले उपमहासचिव योगेशकुमार भट्टराई दमकमा केपी शर्मा ओलीलाई भोट माग्न आइपुगेका छन्।
  • भट्टराईले शनिबार ताप्लेजुङमा चुनावी सभालाई सम्बोधन गरेर ओलीको निर्वाचन क्षेत्र झापा-५ मा आएका हुन्।
  • उनी सोमबार कमल गाउँपालिकामा हुने र्यालीको उद्घाटन गर्दैछन्, र ओलीको चुनावी कार्यक्रममा सहभागी हुनेछन्।

झापा । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न एमाले उपमहासचिव योगेशकुमार भट्टराई पनि दमक आइपुगेका छन् । 

भट्टराई सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

ताप्लेजुङमा एमालेको पालिकास्तरीय अन्तिम चुनावी सभालाई शनिबार अपराह्न फुङलिङमा सम्बोधन गरी भट्टराई ओलीको निर्वाचन क्षेत्र झापा–५ आइपुगेका हुन् । भट्टराई झापा आइपुगे लगत्तै मतदातासँगको भेटमा सक्रिय भएका छन् । 

उनी सोमबार कमल गाउँपालिका हुने रयाली उद्घाटनका लागि पुग्दैछन् । ओलीले चुनावी कार्यक्रममा सहभागी भएर भट्टराई फेरि मतदानका लागि गृह जिल्ला फर्कने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप