बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

यस्तो छ ‘सुश्री सम्पत्ति’को ‘हकुम गीत’

बिहीबार, १० साउन २०७५, १२ : ३४
बिहीबार, १० साउन २०७५

काठमाडौं – पत्रकार सुव्रत आचार्यको निर्देशन रहेको चलचित्र प्रचार सुरु भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले पहिलो गीत समेत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीत ‘हुकुम’ बोलको रहेको छ । गीतमा चलचित्रका तीन पात्र सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपानेको अभिनय रहेको छ । गीतको भिडियो दरबारमा हुने भारदारको नृत्य जस्तो तयार गरिएको छ । आफुलाई राजा मान्ने क्यारेक्टरको भावनालाई गीतमा समेटिएको निर्देशक सुब्रतले बताए ।
झन्डै ८० भन्दा बढी कोरस समेत राखिएको गीतमा नृत्य गम्भीर बिस्टको रहेको छ । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा बिशाल राई र मेलिना राइको स्वर सुन्न सकिन्छ । गीत शिवराम श्रेष्ठले छायाँकन गरेका हुन् ।
चलचित्रमा सलोन, सारा, र बिनोदको अलवा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेकोछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् । 
रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार निर्माता रहेको चलचित्रमा अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद रहेको छ । 
उपत्यकामा बिके फिल्मस्का गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्ने चलचित्र भरत रेग्मीले सम्पादन गरिरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप