दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न प्रशासनको अनुमति
आइतबार, १७ फागुन २०८२, १७ : २७
सारांश
- भक्तपुर जिल्ला प्रशासनले व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
- प्रसाईंलाई राष्ट्र, राष्ट्रियता, धर्म र नागरिक बचाउ महाअभियानको सिलसिलामा पक्राउ गरिएको हो।
- प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसूरमा अनुसन्धान गरिरहेको छ, र उनी यसअघि सर्वोच्चको आदेशमा रिहा भएका थिए।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको भक्तपुरका एसपी सूर्य खड्काले रातोपाटीलाई बताए ।
आइतबार बिहान पक्राउ गरेर प्रहरीले उनलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपस्थित गराएको थियो । उनी विरुद्ध प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन १३ मा रिहा भएका थिए । पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशङ्का प्रशासनले उनलाई पक्राउ गर्ने र अदालतको आदेशले छाड्ने गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण