तनहुँ १ का स्वतन्त्र उम्मेदवार लौडारी कांग्रेस पसे
सारांश
- तनहुँ क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार सन्देश लौडारी कांग्रेसमा प्रवेश गरे।
- लौडारीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै कांग्रेसका गोविन्द भट्टराईलाई सघाउने घोषणा गरे।
- लौडारीले देशको पक्षमा एकजुट हुनुपर्ने र कांग्रेसलाई समर्थन गर्न आग्रह गरे।
पोखरा । तनहुँ क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका सन्देश लौडारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आइतबार आयोजित एक कार्यक्रमका बिच लौडारी आफ्ना समर्थकहरू सहित कांग्रेसमा समाहित भएका हुन् । उनले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै कांग्रेसका गोविन्द भट्टराईलाई सघाउने घोषणा गरेका छन् ।
लौडारीले अहिलेको अवस्थामा देशको पक्षमा देशभक्तहरू एकजुट हुनुपर्ने बताए । ‘हामीलाई जिम्मेवार संसद्, जिम्मेवार सरकार चाहिएको छ । हामी विभाजित हुँदा नेपालले जित्दैन,’ उनले भने, ‘देशको भरपर्दो पार्टी नेपाली कांग्रेस हो । सबै मेरा समर्थकहरूलाई पनि काँग्रेसमा मत दिन आग्रह गर्दछु ।’
लौडारी सहितका युवाहरूलाई उम्मेदवार गोविन्द भट्टराईले नै पार्टीमा स्वागत गरेका थिए । भट्टराईले आफू सधैँ न्यायको पक्षमा र युवाहरूको पक्षमा रहेको बताए । ‘सबैखाले पुस्ताको भावना मसँग छ । राजनीतिक यात्राको सुरुवातदेखि नै मैले भ्रष्टाचार विरोधी अभियानमा सक्रिय रहेँ,’ उनले भने, ‘अहिले पनि युवाहरूको साथ मैले पाउँदा निकै खुसी लागेको छ ।’ उनले सुशासन र भ्रष्टाचार विरोधी अभियानमा आफू सधैँ सक्रिय रहने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
-
मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली
-
‘भागदौड’को टिजरमा वैदेशिक रोजगारी र सहकारी ठगीको कथा
-
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
-
पत्रकार महासङ्घ युकेमा थपिए सल्लाहकार, १५ औँ स्थापना दिवस भव्य रूपमा मनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण