इरानले अमेरिकामाथि पहिले आक्रमण गर्ने योजना बनाएको कुनै सङ्केत भेटिएन
सारांश
- अमेरिकी अधिकारीहरूले इरानले अमेरिकामाथि पहिले आक्रमण गर्ने योजना बनाएको कुनै सङ्केत नदेखाएको बताएका छन्।
- इरानले अमेरिकी सेनामाथि पूर्वआक्रमणको योजना बनाएको ठोस प्रमाण नभएको अमेरिकी रक्षा मन्त्रालयले स्वीकार गरेको छ।
- यो खुलासाले ट्रम्प प्रशासनका केही अधिकारीहरूले इरानबारे गरेको दाबीमाथि प्रश्न उठाएको छ।
वासिङ्टन डीसी । इरानले अमेरिकामाथि पहिले आक्रमण गर्ने स्पष्ट योजना बनाएको कुनै सङ्केत नदेखिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशासनका अधिकारीहरूले अमेरिकी कंग्रेसमा भनेका छन् ।
अमेरिका र इजरायलेको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनी मारिनु अघि इरानले त्यस्तो योजना बनाएको कुनै सङ्केत नपाइएको अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)का अधिकारीहरूले ले अमेरिकी कांग्रेसलाई दिएको गोप्य ब्रिफिङमा भनिएको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ ।
एजेन्सीका अनुसार ट्रम्प प्रशासनका अधिकारीहरूले कांग्रेसका कर्मचारीसँगको बन्द बैठकमा इरानका ब्यालिस्टिक मिसाइल र उसले समर्थन गर्ने समूहहरूले अमेरिकी हितका लागि तत्काल खतरा भने रहेको बताएका थिए । तर उनीहरूले तेहरानले अमेरिकी सेनामाथि पहिले आक्रमण गर्ने योजना बनाएको ठोस गुप्तचर सूचना भने नभएको स्वीकार गरे ।
यस खुलासाले ट्रम्प प्रशासनका केही अधिकारीहरूले अघि गरेका दाबीहरूमा प्रश्न उठाएको छ । ती अधिकारीहरूले इरानले अमेरिकी सेनामाथि पूर्वआक्रमण गर्न सक्ने सङ्केत रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण