सल्यानमा रास्वपाको प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र खाद्यान्न फेला
सोमबार, १८ फागुन २०८२, १२ : ३८
१
सारांश
- सल्यानमा रास्वपाको चुनाव प्रचारमा प्रयोग भएको गाडीमा मदिरा, चामल र तेल फेला परेको छ।
- प्रहरीले कर्णाली प्रदेश-०१-०१८ च ०४२९ नम्बरको बोलेरो जिप नियन्त्रणमा लिएको छ।
- गाडीबाट रक्सि, बियर, चामल र तेल बरामद भएको छ, र आचार संहिता उल्लंघन भएको छ।
काठमाडौं । रास्वपाको चुनाव प्रचारमा प्रयोग भएको गाडीमा मदिरा, चामल र तेल भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । सल्यानको सल्लिबजार बाट खौरातर्फ जाँदै गरेको गाडी नियन्त्रणमा लिइएको सल्यानका डीएसपी डा.हेम केसीले रातोपाटीलाई बताए ।
कर्णाली प्रदेश–०१–०१८ च ०४२९ नम्बरको बोलेरो जिप सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । सो गाडीबाट प्रहरीले रक्सि ७ काटुर्न, बियर २ कार्टुन, चामल २ बोरा र खाने तेल ३ काटुर्न बरामद गरेको छ ।
प्रहरीले रास्वपाको झण्डा, ब्यानर र साउण्ड सिस्टम पनि बरामद गरेको छ । आचार संहिता बिपरित मदिरा र खाद्यान्न बोकेर प्रचारमा हिँडेको भेटिएपछि गाडी नियन्त्रणमा लिइएको डीएसपी डा.केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण