इरानमाथि घातक आक्रमण जारी
तेहरान । इरानको राजधानी तेहरानमा सोमबार बिहान फेरि पनि ताजा विस्फोटहरू सुनिएका छन् । इरानको सरकारी सञ्चार माध्यमले पश्चिमी शहर सानन्दजमा भयानक मिसाइल आक्रमणले ठूलो क्षति पुर्याएको दाबी गरेको छ ।
सानन्दजका आवासीय क्षेत्रमा हवाई मिसाइल प्रहारले घरहरू विनाश भएको दृश्यहरू अर्धसरकारी समाचार संस्था तास्मिनले सार्वजनिक गरेको तस्वीरले देखाएका छन् ।
उद्धारकर्मीहरूले भग्नावशेषभित्र मानिसहरू खोजिरहेको तस्वीरहरू पनि प्रकाशित गरेका छन् । आक्रमणमा सानन्दजमा कम्तीमा ३ जनाको मृत्युपछि इरानी राज्य‑सम्बद्ध समाचार एजेन्सी आईआरएलएले भनेको छ ।
आइतबार राति तेहरानमा शहरको उत्तरी भेगबाट आगोले क्षति पुगेको अस्पतालबाट बिरामीलाई बाहिर निकालिएको बताइएको छ । इरानको सरकारी प्रशारक आईआरआईबीले पोष्ट गरेको भिडियोमा गान्धी अस्पतालको बाहिरी हिस्सा क्षतिग्रस्त भएको देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण