ललितपुरमा दुई हजार ४९ अस्थायी मतदाता
ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा दुई हजार ४९ अस्थायी मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार सुरक्षाकर्मी तथा निर्वाचन कार्यमा खटिएका कर्मचारीले आफू खटिएको मतदान केन्द्रमै समानुपातिकतर्फको मतपत्रमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयकी प्रमुख गोमा धमलाले निर्वाचनमा खटिन नपाएका कर्मचारी तथा सुरक्षाकर्मीका लागि भने छुट्टै दुई स्थानमा मतदान केन्द्र तोकिएको जानकारी दिइन् ।
अस्थायी मतदाताले समानुपातिकतर्फ मतदान गर्न पाउने गरी लगनखेलस्थित नमुना मच्छेन्द्र माध्यमिक विद्यालय र नख्खु कारागारमा मतदान केन्द्र निर्धारण गरिएको छ ।
नख्खु कारागारमा रहेका कैदीबन्दी, त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीले सोही स्थानबाट समानुपातिकतर्फ मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगको निर्देशिकाअनुसार अस्थायी मतदातालाई समानुपातिकतर्फ मात्र मतदानको अधिकार रहने व्यवस्था छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार ललितपुरमा एक लाख ३१ हजार ५४९ महिला र एक लाख एक लाख ३७ हजार ७०७ पुरुष गरी कूल दुई लाख ६९ हजार २५६ मतदाता रहेका छन् । जिल्लाभर १३१ मतदानस्थल तथा ३१८ मतदान केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण