सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

साइप्रसस्थित बेलायती अड्डामा इरानी ड्रोन आक्रमण

सोमबार, १८ फागुन २०८२, १६ : १४
सोमबार, १८ फागुन २०८२

काठमाडौँ । इजराइल–अमेरिका र इरानबिच जारी युद्ध आज तेस्रो दिनमा प्रवेश गरेको छ ।

यसबिच बेलायतको रक्षा मन्त्रालयले साइप्रसमा रहेको आफ्नो सैन्य अड्डामा संदिग्ध ड्रोन आक्रमण भएको जनाएको छ ।

रक्षा मन्त्रालयका अनुसार मध्यराति आरएएफ अक्रोटिरी बेसमा ड्रोन आक्रमण भएको हो । उक्त अड्डा साइप्रसमा रहेको बेलायती सैन्य केन्द्र हो । घटनापछि बेलायती सेनाले प्रतिकारात्मक कदम चालिरहेको जनाएको छ । बेलायती प्रधानमन्त्री कीर स्टारमर ले इरानका मिसाइल साइटहरूमा आक्रमण गर्न अमेरिकालाई उक्त बेस प्रयोग गर्न अनुमति दिएका थिए । त्यसपछि उक्त अड्डा लक्षित आक्रमणको निशानामा परेको आशंका गरिएको छ । 

उता कुवेतमा अमेरिकी लडाकु विमानहरू दुर्घटनाग्रस्त भएका छन् । हावामा केहीबेर गोलो घुमेपछि ती विमान जमिनमा खसेका जनाइएको छ । यद्यपि घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।

यसैबिच इरानका उच्च राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीले सोमबार अमेरिकासँग कुनै पनि वार्ता नगर्ने स्पष्ट पारेका छन् । अमेरिकासँग पुनः वार्ता सुरु गर्ने प्रयास भइरहेको भन्ने खबरहरूको खण्डन गर्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

इरानमा ठुलो मानवीय क्षति

अलजजिलराको रिपोर्टअनुसार अमेरिका र इजराइलले मिलेर हालसम्म इरानका एक हजारभन्दा बढी स्थानमा आक्रमण गरेका छन् । प्रारम्भिक ३० घण्टामै दुई हजारभन्दा बढी बम खसालिएको दाबी गरिएको छ ।

ती आक्रमणमा हालसम्म दुई सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने सात सय ४० भन्दा बढी घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप