मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रामेछापमा भएको गाडी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

सोमबार, १८ फागुन २०८२, २२ : २२
सोमबार, १८ फागुन २०८२

काठमाडौँ । नेपाली कांग्रेसले रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा दुई जनाको ज्यान जाने गरी भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले प्रेस विज्ञप्ति जारी गरी दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

पार्टी सभापति गगनकुमार थापाले उक्त घटनाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । साथै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारलाई राज्यका तर्फबाट उचित सम्मान गर्न र घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन्

सभापति थापाले उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, “फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा निर्वाचन सामाग्री लिई मतदान केन्द्रतर्फ जाँदै गरेको सवारीसाधन दुर्घटना हुँदा मतदान अधिकृत डोरप्रसाद घिमिरेको उपचारका क्रममा र प्रहरी सहायक निरीक्षक परशुराम यादवको घटनास्थलमै मृत्यु भएको तथा सात जना गम्भीर घाइते भएको घटनाले मलाई अत्यन्त दुःखित र स्तब्ध बनाएको छ । मृतकहरूप्रति भावपूर्ण श्रदाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गर्दछु र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारलाई राज्यका तर्फबाट उचित सम्मान र घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग जोडदार माग गर्दछु ।”

आज दिउँसो मतदान सामग्री र कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु र सात जना घाइते भएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप