बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

यस्तो बन्यो साम्राज्ञीको ‘इन्टु मिन्टु लण्डनमा’ गीत

बिहीबार, १० साउन २०७५, १६ : २४
बिहीबार, १० साउन २०७५

काठमाडौं – कोरियोग्राफरबाट निर्देशनमा होमिएकी रेनाशा वान्तवा राईको डेब्यु निर्देशन रहेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को ‘उडायो हावाले...’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । गीतमा हर्कुलस र निकिता थापाको स्वर रहेको छ । 

नव–अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह माथी खिचिएको गीतको कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीले गरेका हुन् । यूकेका विभिन्न रमणीय स्थानमा खिचिएको गीतमा धिरज र साम्राज्ञी दुवै हावाले मन उडाएको कुरा गरेको देख्न सकिन्छ । गीतमा यी दुबैको प्रेम समेटिएको छ ।

अधिकांश छायांकन यूकेमा भएको ‘इन्टु मिन्टु लण्डनमा’लाई प्रज्वल समशेर जबरा र प्रभुशम्शेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा  मिन्टुको भूमिकामा साम्राज्ञी, इन्टुको भूमिकामा धिरज मगर रहेको बताइएको छ । 

आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’का सह–निर्मातामा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल हुन् । ५ असोजबाट प्रदर्शनमा आउने चलचित्र आउँदैछ । अभिमन्यु दिक्षित र रेनाशाले मिलेर लेखेका हुन् । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको चलचित्रमा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । 

रोमान्टिक लभस्टोरी जनरा बताइएको चलचित्रमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायतको मुख्य भूमिका रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप