सुर्खेतको भेरीगंगामा शंकास्पद वस्तु फेला
मङ्गलबार, १९ फागुन २०८२, १३ : ४४
सुर्खेत । सुर्खेतको छिन्चुदेखि जाजरकोट जोड्ने सडक अन्तर्गत भेरीगंगा नगरपालिका—११ को राताचौर नजिकै शंकास्पद वस्तु फेला परेको छ । मंगलबार बिहान प्रेसर कुकरसहित रातो प्लाष्टिकले बेरेको शंकास्पद वस्तु फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, त्यहाँ अहिले नेपाली सेना पुगिसकेको छ । उक्त क्षेत्रमा सुर्खेत—१ का राप्रपाका उम्मेदवार रविकिरण हमालको बसोबास रहेको छ । केही दिनअघि उनी सवार गाडीमा समेत आक्रमण भएको थियो ।
मंगलबार पुनः प्रेसर कुकरसहित शंकास्पद बस्तु फेला परेपछि नागरिकहरु त्रासमा छन् । उम्मेदवार हमालले भने— ‘यो देशमा के हो यो अशान्ति ? सुरक्षा निकायलाई गम्भीर बन्न आग्रह गर्छु ।’
स्थानीयले नागरिकको सुरक्षा हुनुपर्ने माग गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
-
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै, एफएटीएफले दियो ६ बुँदे निर्देशन
-
गर्भवती महिलाको उद्धार
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण