इजरायली सेनाद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी
काठमाडाैँ । इजरायली सेनाले लेबनानका दर्जनौं स्थानहरूमा मङ्गलबार नयाँ निकासी आदेश जारी गरेको छ। इजरायली सेनाले विज्ञप्ति जारी गर्दै लेबनानको ५० वटा स्थानका बासिन्दाहरूलाई, आफ्नो सुरक्षाका लागि तुरुन्तै सुरक्षित ठाँउमा जान आग्रह गरेको सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले बताए।
निकासी आदेश जारी हुने अधिकाशं स्थान लेबनानका दक्षिणका रहेको र इजरायलले निरन्तर हेजबुल्लाहको पूर्वाधारमा प्रहार गर्ने उद्देश्यले यस क्षेत्रलाई लक्षित गर्ने गरेको जनाइएको छ ।
यस अघि लेबनान सरकारले सोमबार हेजबुल्लाहको सैन्य र सुरक्षा गतिविधिमा प्रतिबन्ध लगाएको थियो । आक्रमणमा सर्वोच्च इरानी नेता अली खमेनीको हत्या भएकोे बदलामा सोमबार इजरायलतर्फ प्रहार गरेको केही समय पछि यो कदम चालेको जनाइएको छ ।
इजरायलले सोमबार बेरुतको दक्षिणी उपनगरहरू र दक्षिण लेबनानका दर्जनौं गाउँहरूमा बम प्रहार गरेको छ भने बदलामा भयानक आक्रमणको सामना गर्नु पर्ने चेतावनी दिएको छ।
लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु हुनुका साथै कम्तीमा १४९ जना घाइते भएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण