निर्वाचन हुने दिन फागुन २१ गते कस्तो रहला मौसम ?
सारांश
- मौसम विज्ञान विभागले निर्वाचनको समयमा देशभरको मौसम सफा रहने जनाएको छ।
- निर्वाचनको मुख्य दिन २१ गते देशभर मौसम सफा रहने र मतदानमा अवरोध नहुने सम्भावना छ।
- विभागले निर्वाचनलाई लक्षित गरी तीन दिनको मौसमी विवरण निर्वाचन आयोगलाई जानकारी गराएको छ।
काठमाडौँ । आगामी निर्वाचनको समयमा देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार विशेषगरी आगामी २०, २१ र २२ गतेको मौसममा कुनै ठुलो फेरबदल हुने सम्भावना छैन । निर्वाचनको मुख्य दिन २१ गते देशभरकै मौसम सफा रहने र मतदान प्रक्रियामा मौसमका कारण कुनै अवरोध नहुने देखिएको छ ।
हालको मौसमी अवस्थाबारे जानकारी दिँदै मौसमविद् पौडेलले मङ्गलवार देशका केही पहाडी भू–भागमा सामान्य बादल देखिए पनि वर्षाको सम्भावना नरहेको बताए । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का बादलको उपस्थिति रहे पनि अन्य स्थानमा मौसम सफा नै रहनेछ । साथै वायु प्रदूषण र स्थानीय वायुका कारण केही स्थानमा तुवाँलो लागेको भए पनि यसले कुनै मौसमी जोखिम निम्त्याउने छैन ।
निर्वाचनको भोलिपल्ट अर्थात् २२ गते पनि मौसममा केही बदली आउन सक्ने देखिएको छ । यद्यपि उक्त दिन पनि भारी वर्षा वा हिमपातको कुनै पनि संकेत नदेखिएको विभागले पुष्टि गरेको छ । देशभर नै वर्षा र हिमपातको सम्भावना अत्यन्तै कम रहेकाले नागरिकहरूले ढुक्क भएर निर्वाचनमा सहभागी हुन सक्ने वातावरण देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागले निर्वाचनलाई लक्षित गरी आगामी तीन दिनको मौसमी विवरण निर्वाचन आयोगलाई समेत जानकारी गराइसकेको पौडेलले बताए ।
निर्वाचनलाई असर गर्नेगरी कुनै पनि प्राकृतिक वा मौसमी अवरोध नआउनेमा मौसमविद्हरू विश्वस्त रहेका छन् । विभागले नियमित रूपमा मौसमको अद्यावधिक जानकारी आफ्नो फेसबुक पेज र आधिकारिक वेबसाइटमार्फत पनि प्रवाह गरिरहेको पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा
-
कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
-
बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि
-
एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण