पर्सामा उम्मेदवारको गाडीमा शङ्कास्पद बस्तु फेला, ३ जना नियन्त्रणमा
बुधबार, २० फागुन २०८२, ०७ : ३३
सारांश
- पर्सागढी नगरपालिकामा उम्मेदवारको गाडीमा शङ्कास्पद वस्तु फेला परेको छ।
- सशस्त्र प्रहरीले चेकजाँच गर्दा बम बनाउन प्रयोग हुने सामग्री फेला पारेको छ।
- प्रहरीले चालक, दुई जना अन्य व्यक्ति र उम्मेदवारलाई निगरानीमा लिएको छ।
काठमाडौँ । पर्साको पर्सागढी नगरपालिका–३ बडनियार बजारमा प्रतिनिधिसभा सदस्य उम्मेदवारको गाडीमा शङ्कास्पद बस्तु भेटिएको छ ।
हरपुरबाट बडनियार तर्फ जाँदै गरेको बा.१० च १२५० नम्बरको गाडी रोकेर सशस्त्र प्रहरीले चेकजाँच गर्दा बम बनाउन प्रयोग गरिने टेपले बेरेको टिन र तार लगायतका बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले रातोपाटीलाई बताए । सो गाडी नेपाली कम्युनिस्ट पार्टीको पर्सा–२ का उम्मेदवार ४६ वर्षीय मनोज कुमार चौधरीको हो ।
सो गाडीका चालक २६ वर्षीय सहाब आलम अन्सारी, कारमा सवार धनुषा घर भएका ३० वर्षीय सुरज कार्की र पर्सागढीको बिरुवाटोल घर भएका ६८ वर्षीय सत्यनारायण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उम्मेदवार चौधरीलाई पनि प्रहरीले निगरानीमा राखेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले अनुसन्धान गरिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण